तनहुँ , श्रावण २१ गते – संबिधानसभाका सभासद ,नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब महासचिब तथा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष शिवलाल थापा मगरलाइ पितृशोक परेको छ । उनको बाबा पुर्ण बहादुर थापा मगरको ८८ बर्षको उमेरमा हिजो २०७१ श्रावण २० गते मंगलबार दिन आफ्नै जन्म थलो तनहुँ जिल्ला , भिरकोट गा.वि.स वडा नं ९ काफल डाँडामा निधन भएको हो ।
दिवंगत आत्माको चिरशान्तिको कामना सहित भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै यस दु:खद घडीमा शोक सन्तप्त परिवारजन प्रति धैर्यधारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरुन भनि राज्यसत्ता परिवार हार्दिक समबेदना ब्यक्त गर्दछ ।
