युवा आदिवासी जनजातिले दिए “रक्तदान जिवानदान”

Read Time:4 Minute, 0 Second

कमल चौधरी

बुटवल – नेपाल आदिवासी जनजाति युवा महासंघ रुपन्देहीको अयोजनमा २० औं विश्व आदिवासी–२०७१ को अवसरमा बुटवलमा एक कार्यक्रमका बीच मंगलबार नेपाल रेडक्रस सोसाईटीको भावनमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

  

“रक्तदान जिवानदान” भन्ने मुल उद्देश्यका साथ नेपाल आदिवासी जनजाति युव महासंघले अयोजना गरेको २० औं विश्व आदिवासी दिवासको अवसरमा २७ प्वाईन्ट व्लाड डोनेसन भएको छ । उक्त ब्लाड डोनेसान कार्यक्रममा सात जनाले ब्लाडको सत्ता आर्थीक रुपमा सहयोग गरेको नेपाल आदिवासी जनजाति महासंघ समन्वय समिति रुपन्देहीका सचिव गंगा पुनले जनकारी गराए ।

नेपाल आदिवासी जनजाति युव महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष दिपक गुरुङ्गको अध्यक्षता, महासंघका जिल्ला उपाध्यक्ष कृष्ण मोक्तनको स्वागत र जनजाति युव महासंघका जिल्ला सचिव प्रेम सोमैको संचालन रहको रक्तदान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष सन्तराम चौधरी, एकल जातिका प्रतिनिधि शिव प्रसाद सेरचन, नेपाल आदिवासी जनजाति नगर अध्यक्ष दिल बहादुर खाम्चा, रासस लुम्बिनी ईन्चार्ज भरत बहादुर केसी लगाएले बौल्दै आदिवासी जनजाति समुदायहरुका अधिकारहरु स्थापित गराउनको लागी २० औं विश्वा अदिवासी दिवासलाई अन्दोलनको रुपमा मनाउनेमा जोड दिएका थिए । उनीहरुले हामीले अरुको अधिाकार खोस्दैनौ र हाम्रो अधिकार लाई छोड्दैनै भन्दै अब बन्ने संवीधानमा अदिवासीका अधिकारहरु सुनिश्चित नभए आफूहरु काड अन्दोलन गर्ने चेतावनी दिए ।

साथै उक्त रक्त दान कार्यक्रममा नेपाल छन्त्याल संघ जिल्ला अध्यक्ष दल बहादुर छन्त्याल, तामाङ्ग घेडुङका जिल्ला अध्यक्ष बीर बहादुर गाम्वा, भुजेल संघका जिल्ला वरिष्ठ उपाध्यक्ष ज्ञनेन्द्र भुजेल, नेवर पुचःका ज्ञानु लिगल, फोनिज रुपन्देहीका जिल्ला अध्यक्ष मिलन गाहा,  बुटवल व्लड बैंक बरिष्ठ व्याव प्रविधिक राधा शर्मा, तमू ह्यूला छोज धीका  जिल्ला अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग, नेपाल आदिवासी जनाजति महासंघ बुटवल नगर उपाध्यक्ष काजीमान श्रेष्ठ, नेपाल आदिवासी जनजाति विद्यार्थी समन्वय समिति रुपन्देहीका जिल्ला उपाध्यक्ष कमल चौधरी, पत्रकार विमल तिवारी, कपिल अधिकारी लगाएतका आतिथिहरुको उपस्थिति रहेको थियो ।

अब जनजति महासंघले २२ गते नेपाल मगर महिला, नगर समितिको सभा हलमा अन्र्तक्रिया कार्यक्रम र २४ गते बृहत सांस्कृतिक र्याली र सांस्कृतिक झलक सहित पुष्पलाल पार्कदेखि मिलनचोक हुदै लालकुमारी सिद्देश्वरी उच्च मा.विको प्राणङ्गणमा मुल समारोहा हुने कार्यक्रम रहेको अयोजकले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %