भैरब आङला, धरान
पुर्वी नेपालमा लिम्वूवान राज्यको माग गर्दै आन्दोलनरत पाँचवटा लिम्बुवानी सङ्गठन बिच एकता भएको छ ।
धनकुटाको भेडेटारमा दुइ दिन देखि भएको भेलाले मञ्च सम्बद्ध सङ्घिय लिम्वुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनको अध्यक्षतामा पार्टी एकीकिरण गर्न सहमत भएको हो । कमल छाराहाङ नेतृत्वको संघीय गणतान्त्रिक राष्ट्रिय पार्टी, सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्, बीर नेम्वाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा,रामभक्त कुरुङवाङ नेतृत्वको लिम्बुवान मुक्ति मोर्चा नेपाल र कुमार लिङ्देन नेतृत्वको मञ्चसम्बद्ध संघीय लिम्बुवान राज्य परिषद् बिच एकिकरण भएको हो । लिम्बुवान एकता भेलाले पार्टीले
निलो, सेतो र रातो धर्काको बीच भागमा १७ कोण भएको सूर्यको चित्र अंकित झण्डालाई पार्टीको आधिकारिक झण्डा तोकेको छ । चुनाव चिन्हको रुपमा दाप सहितको खुकुरीलाई मान्यता दिएको छ । एकिकरण भएको पार्टीको नाम संघीय लिम्बुवान पार्टी नेपाल राखिएको छ । दोस्रो संविधानसभाको चुनावमा सहभागी र बाहिर रहेका दलहरु बीच पार्टीलाई एकिकरण गर्न लिम्बुवान पक्षधर मानिएका स्वदेशी तथा विदेशी प्राज्ञिक व्यक्तित्व र बुद्धिजीवी साथै, किरात याक्थुङ चुम्लुङका बुद्धिजीवीले पहल गरेका थिए । लिम्बुवान पार्टी एकिकरणसँगै राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । पार्टीहरु बिच एकताका लागि सहजकर्ताको भूमिका खेलेका बुद्धीजीवि कमल तिगेलाले लामो प्रयास पछि पार्टि एकिकरण सम्भब भएको जानकारी गराएका थिए । पार्टी एकिकरणकोे पत्रकार सम्मेलन गरी घोषणा गरिएको हो ।
पाच लिम्वूवान एक भए
Read Time:2 Minute, 39 Second
