शिक्षकले नै जबरजस्ति गर्न लागे पछि

Read Time:2 Minute, 40 Second

दिल प्रसाद थापा  
देवदह नगर पालिकामा खैरेनी स्थित बुद्ध पब्लिक बोडिङ्ग स्कुल कक्षा १० मा पढ्ने छात्रा सिमा (नाम परिवर्तन गरिएको)लाई आफ्नै शिक्षक श्रवण कुमार वानियाँले जबरजस्ती करणी गर्न खोजेको अभियोगमा पक्राउ परेका छन ।
वानियाँ उक्त विद्यालयका होस्टेल वाडर्न तथा विज्ञान विषयका शिक्षक हुन । आइतबार बुद्ध पब्लिक स्कुलको होस्टेल खैरेनीमा भएको घटना पिडित छात्राको वयानमा आधारित पिडित छात्रालाई शिक्षकले गृहकार्य दिने बेलामा कक्षा कोठा बाहिर गएका थिए । त्यही समयमा पिडित छात्राका साथीलाई सिमाको व्वाय फेण्ड छ कि छैन भनि सोधेको रहेछन । पछि कक्षामा आए पछि शिक्षकलाई गृहकार्य दिनु भएको छ कि छैन भनी सोधेका रहेछन । त्यसै क्रममा शिक्षकले उसलाई तिम्रो व्वायफ्रेण्ड छ कि छैन भनेर सोधेका थिए । त्यसपछि उसले छात्रालाई जबरजस्ती गर्न खोज्दा उम्कीन सफल भएको पिडितले बताईन । घटना भए लगत्तै पिडित छात्राले आफुलाई जबरजस्ती गर्न लागेको कुरा साथीहरुलाई सुनाइन । घटना थाहा पाए लगत्तै अभिभावकहरुले शिक्षकलाई पक्राउ गरि कारवाहीको लागि वडा कार्यलयमा लगेका थिए । त्यसपछि अन्य अभिवाकले इलाका प्रहरी कार्यलय बुटवलमा कारवाहीको लागि उजुरी जाहेर दिएका छन । इलाका प्रहरी कार्यलाय बुटवलका इन्पेक्टर सोम थापाका अनुसार अभियुक्त लाई जबरजस्ती करणी गर्ने मुद्धा अनुृसार कारवाहीको लागि म्याद थप गरिएको बताए ।
यस्ता जवरजस्तीको केस दिन दिनै बढ्दै गइरहेको अवस्थामा सरकारले कडा भन्दा कडा सजायको व्यवस्था गर्न सकेको छैन । अरुलाई शिक्षा दिने शिक्षकले यस्तो घृणा काम गरेपछि छात्राहरु अब विद्यालय जस्तो पवित्र मन्दिरमा पनि असुरक्षित हुने देखिन्छ भने यस घटनाले सबैलाइ सचेत हुन पर्ने देखिन्छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %