राई समुदायबाट छात्रछात्रालाई पर्सामा सम्मान

Read Time:1 Minute, 40 Second

नीरज पिठाकोटे

वीरगञ्ज , साउन १८  –  राई समुदायबाट २०७० सालको प्रबेशिका परिक्षामा उतीर्ण भएका दुईजना छात्रछात्रालाई किराँत राई योयोक्खा जिल्ला कार्य समिति पर्साले सम्मान गरेको छ ।

बीरगञ्जमा आोजित कार्यक्रममा बिशिष्ट श्रेणीमा उत्तीर्ण अनुसा राई र द्वितीय श्रेणीमा उतीर्ण आशिष राईलाइ सम्मान गरेको हो । एसएलसी उत्तीर्ण विद्यार्थीहरुलाई नारायणी अञ्चल प्रहरी कार्यालय नारायणीका प्रहरी बरिष्ठ उपरिक्षक सर्बेन्द्र खनालले दोसल्ला ओढाएर सम्मान गरेका हुन् । यसैगरी संस्थालाई सहयोग पुर्याउने अन्य ७ जनालाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

किरात राई योयोक्खा जिल्ला कार्य समिति पर्साका अध्यक्ष जगत राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजक, नेपाल आदिबासी जनजाति महासंघ जिल्ला समन्वय समिति पर्साका कार्य बाहक अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा, समाजसेवी पशुपति बिक्रम शाह लगायतको उपस्थिति रहेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %