देब पचभैया
पाल्पा, श्रावण १७ – पौडीखेल्ने क्रममा पाल्पामा एक बालकको ज्यान गएको छ । तानसेनको काजीपौवामा रहेको स्वीमिङ्गपुलमा पौडीखेल्ने क्रममा न्युहोराईजन उच्चमाबि कक्षा ८ मा अध्ययनरत आकास कामु मगरको ज्यान गएको हो ।
आज दिउसो साथीहरु संगै पौडीखेलीरहेका आकासलाई डुबेको धेरै समय पछि मात्रै साथीहरुले थाहा पाएकाले बेलैमा उद्धार गर्न नसकिएको स्वीमिङ्गपुलका संचालक नबिन थापाले जानकारी दिए । शरिर डुबेको र हात मात्रै देखेपछि मात्रै साथीहरुले आफुलाई खबर गरेको भन्दै उनले बाहिर निकाल्दा उनको ज्यान गईसकेको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको बताएको छ ।
पुर्बखोला घर भएका मृतक आकास कामु बिशालबजारमा रहेका आफन्तको घरमा बसेर न्यु होराईजन उच्चमाबिमा अध्ययन् गर्दे आएका थिए ।
