दिपा आलेमगर
काठमाडौं श्रावण १७, नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिले हिजो शुक्रबार एक कार्यक्रम गरी आफ्नै कार्यालयमा प्रवासी मगर संघ मलेसियालाई स्वागत तथा सम्मान गरेको छ । 
नेपाललाई जन्मथलो विदेशी भूमिलाई कर्म थलो बनाई आफ्नो पहिचानकोलागि योगदान पुराउदै आइरहेको मगर संघ मलेसियालार्ई संघले स्वागत तथा सम्मान गरेको हो । संघका अध्यक्ष दिपा आलेमगरले प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र रानामगर, सल्लाहकारहरु सोम बुढाथोकीमगर, छवि सूर्यवंशीमगर र हरि दलार्मी मगरलाई कार्यालयमा स्वागत गर्दै खादा लगाएर सम्मान गरिएको थियो ।
स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै प्रवासी मगर संघ मलेसियाका अध्यक्ष राजेन्द्र रानामगरले मगर विद्यार्थीहरु आफू स्यम आत्मनिर्भर हुनु पर्ने बताए । उनले मगर विद्यार्थी संघ आफू स्यंम आत्मनिर्भर नहुंदासम्म संगठनले गति लिन नसक्ने बताउंदै मगर विद्यार्थी संघ सांगठनिक रुपमा सक्रिय बन्दै आर्थिक पक्ष बलियो हुनु पर्ने बताए । अध्यक्ष रानामगरले आजको २१ औं शताब्दीमा आइपुग्दापनि मगर समुदायले गरेका कार्यक्रमको मूल्यांकन राज्यले नगरेकोमा गुनासो गरे ।उनले भने राज्य समक्ष हाम्रो आवाज पुराउन मगर मिडिया खोज्नु जरुरी छ ।एकात्मक ढंगले परिचालन यहांका सञ्चार माध्यमले पछाडि परेका जातजातिका आवाजलाई राज्यसमक्ष पुराउन नसक्नु राज्यलाई नै घाटा हुने बताए । मगर समुदाय जुनसुकै राजनीतिक विचारमा आबद्ध भएपनि मगर समुदायको विकासकोलागि एउटै मालामा गांसिनु पर्ने उल्लेख गर्दै मगर संघ मलेसियाले मगर विद्यार्थीको हितकोलागि आफूहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
स्वागत कार्यक्रममा नेपाल मगर विद्याथी संघका संस्थापक महासचिव एव सल्लाहकार राम बहादुर थापामगरले मगर समुदाय शिक्षित हुनुपर्ने बताए । शिक्षा विना मगर समुदाय अघि बढ्न नसक्ने भएको हुंदा शिक्षामा जोड दिर्दै भाषा, धर्म, सस्कृति र पहिचान र सभ्यतालाई जोगाउर्दै युवा पुस्ता अघि बढ्नु पर्नेमा जोड दिए । उनले ब्यक्तिमात्र शिक्षित भएर नहुने बताउंदै समग्र देशको विकासगर्न समाजलाई शिक्षित बनाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल मगर विद्यार्थी संघका सल्लाहकार एवंम अधिवक्ता गौ बहादुर आले मगरले मगर समुदाय र मगर विद्यार्थीलाई आर्थिक, शैक्षिक, सामाजिक, राजनीतिक लगायतको क्षेत्रमा अगाडि बढाउन राज्यको सहयोग हुनु पर्ने बताए । साथै देशविदेशमा छरिएर रहेका मगर समुदायको पनि भूमिका हुनु पर्नेमा जोड दिए ।
नेपाल मगर विद्यार्थी संघका पूर्व अध्यक्ष एवं सल्लाहकार भोज विक्रम बुढामगरले मगर विद्यार्थी संघलाई आर्थिक रुपमै बलियो बनाउन विभिन्न रचनात्मक कार्यक्रम गर्नु पर्नेमा जोड दिए । मगर समाज मात्र नभई देशको विकास गर्न सबै नेपालीहरु एकजुट भएर लाग्नु पर्ने बताए ।
कार्यक्रममा संघका पुर्व अध्यक्ष झकेन्द्र घर्तिमगर, प्रवासी मगर संघ मलेसियाका सल्लाहकारहरु सोम बुढाथोकीमगर, छवि सुर्यवंशीमगर, हरि दलार्मीमगर लगायतले संगठनको दिर्घकालिन सफलताकोलागि शुभकामना ब्यक्त गरेका थिए ।
संघका अध्यक्ष दिपा आलेमगरले संगठनको हितकोलागि सबैको भुमिका हुनु पर्ने बताउंदै मगर विद्यार्थी संघलाई आर्थिक, भौतिक, नैतिक, शैक्षिक, सामाजिक क्षेत्रमा अगाडि बढाउन सबैको सहयोग हुनु पर्ने बताए । आर्थिक अभावकै कारण मगर विद्यार्थीले आफ्ना मुद्धाहरुलाई सक्रिय रुपमा परिचालन गर्न कठिनाई भएको बताउदै राज्यको ध्यानकर्षण हुनु पर्नेमा जोड दिए । अध्यक्ष आलेमगरले थोपा थोपा पानीले समुद्र बने झै आम देश विदेशमा बसोबास गर्ने मगर समुदायको साथ सहयोग हुन सके मगर विद्यार्थीले आफ्नो उद्देश्य पुरा गरेर छाड्नेमा दुई मत नभएको बताए ।
संघका सचिव विशाल रानामगरले गरेको सहजीकरणमा स्वागत मन्तब्य संघका वरिष्ठ उपाध्यक्ष कमल थापामगरले गरेका हुन् । कार्यक्रममा संघका भाषिक काइके उपाध्यक्ष गगन पुनमगर, कोषाध्यष कोकिल अस्थानीमगर, सदस्यहरु इमानसिंह रानामगर, हिमाल घर्तिमगर, किरण मगर, अमर रेश्मीमगर, निरज पुनमगर, लिला थापामगर,लगायतको सहभागीता रहेको थियो ।
नेपाल मगर विद्यार्थी संघले प्रवासी मगर संघ मलेसियालाई स्वागत तथा सम्मान
Read Time:6 Minute, 8 Second
