कमल चौधरी
बुटवल , नेपाल आदिवासी जनजाति महासंघले २० औं अन्तराष्ट्रिय विश्व आदिवासी दिवस भब्य रुपमा मनाउने भएको छ ।
‘ समानता कायम गर्दै आदिवासी जनजातिको अधिकार कार्यान्यवन गर’ भन्ने मूल नाराकासाथ दिवस मनाउन लागिएको हो । त्यस्तै रुपन्देहीमा पनि विश्व आदिबासी दिवसको सन्दर्भमा यही साउन १७ गते मंगलवार बिहान ८ बजे नेपाल अदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको अयोजनामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
सदको बर्षहरुमा जस्तै यस बर्ष पनि नेपाल अदिवासी जनजाति महासंघ रुपन्देहीले विविध कार्यक्रम गरी मनाउने नेपाल अदिवासी जनजाति महासंघका सचिव गंगा पुनले जनकारी गरे । साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति रुपन्देहीको साउन १० र १४ गते बसेको विस्तारित बैठकले नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय पषिद् रुपन्देहीका अध्यक्ष सन्तराम चौधरीको अध्यक्षतामा १० सदस्यीय मूल तयारी समति गठन गरिएको छ ।
जसमा अध्यक्ष, नेपाल मगर संघ जिल्ला कार्य समिति, अध्यक्ष, थारु कल्याण कारीणी सभा, तमूह्यूल छोंज धी, अध्यक्ष, थकालि सेवा समिति, तमाङ्ग संघ, नेपाल छन्त्याल संघ, राई यायोक्खा संघ, नेवाःपुचः, कुसवाडिया उत्थान संघ रहेको छन् । त्यस्तै जिल्ला समन्वय परिषद्का कोषाध्यक्ष टेकबहादुर भुजेलको संयोज तथा नेपाल आदिवासी जनजाति विद्यार्थी समन्वय समितिका अध्यक्ष गम सोमैको उपसंयोजकमा १० सदस्यी समिति गठन गरिएको छ । भने प्रचार प्रसार उपसमितिको संयोजक जिल्ला समन्वय परिषद्का सचिव गंगापुन र सदस्यमा नेपाल आदिवासी जनजाति युवा महासंघका अध्यक्ष दिपक गुरुङ्ग रहेका छन् ।
त्यस्तै मञ्च व्यवस्थापन उपसमितिमा कोषाध्यक्ष टेक भुजेलको संयोजकमा तामाङ घेदुङका अध्यक्ष बीर बहादुर गोम्बा र तमू ह्यूल छोंज धी जिल्ला कार्य समिति रुपन्देहीका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग रहेका छन् । अर्थिक सत्कार उपसमितिमा संयोजक नेपाल मगर महिला संघ जिल्ला कार्य समिति, रुपन्देही, र सदस्य नेपाल मगर महिला संघ बुटवल नगर समिति रहेका छन् । त्यस्तै र्याली व्यवस्थापनमा उपसमिति संयोजक नेपाल मगर संघ, जिल्ला समिति रुपन्देही, स्वयम् सेवक उपसमिति संयोजक नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ, पानी व्यवस्थापन समिति उपसमिति संयोजक नेपाल तामाङघोदुङ्ग र पत्रकार सम्मेलन समति उपासमितिको संयोजकमा नेपाल आदिवासी पत्रकार महासंघ रहका छन् ।
