दिल प्रसाद थापा
विश्व बजारमा राम्रो ब्राण्डको रुपमा परिचित प्रतिष्ठित अन्तर्राष्ट्रिय पेय प्रदार्थ पेप्सी मा लेउ जस्तै अखाद्यय वस्तु भेटियो ।
बुधवार भलवारी बस्ने अशोक दर्लामी र हिमलाल कुवर बुटवलको मिलन हल रोडमा पर्ने न्यु अमन रेष्टुरेण्टमा नास्ता खान गएका थिए । नास्ता खाने क्रममा पेप्सी पिउदै थिए अचानक अशोक दर्लामीको मुखमा उक्त पेप्सी सगै लेउ जस्तो प्रदार्थ भेटियो । निकालेर हेर्दा चिल्लो चिल्लो लेउ जस्तो प्रदार्थ भेटे पछि पेप्सी पिउन छोडेर र अब देखि कहिल्यै पनि पेप्सी नपिउने बताए । यति ठुलो पेप्सी जस्तो ब्राण्डमा लेउ भेटिए पछि अशोकले जनतालाई अखाद्यय प्रदार्थ खुवाउने कम्पनी प्रती आक्रोश पोखे । रेष्टुरेण्ट संचालकका अनुसार आफुलाई जस्तो सामान आउन त्यस्तै ग्राहकलाई दिने बताए । नेपालमा यस्ता घटनाहरु पटक पटक भइरहदा समाचारमा आउदा पनि सम्बन्धी निकाय भने मौन रहेको पाइन्छ । कहिले जुसमा ल्याउ भेटिन्छ भने कहिले विभिन्न खाद्यय पदार्थमा विषादी युक्त पदार्थ भेटिन्छ । बढि भन्दा बढि पैसा कमाउने लोभले यस्ता कम्पनीहरुले साधारण जनताको स्वास्थ्य प्रति गम्भिर खेलवाड गरिरहेका हुन्छन ।
पेप्सी मा लेउ जम्यो
Read Time:1 Minute, 51 Second
