४८ औं रक्तसञ्चार दिवस सम्पन्न

Read Time:3 Minute, 8 Second

गोबिन्द घर्ती
साउन १२- ४८ औं रक्तसञ्चार दिवस विभिन्न कार्यक्रम गरी रुपन्देहीको बुटवलमा मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र बुटवलको आयोजनामा विभिन्न समयमा रक्तदान गर्ने संघसंस्थाहरुलाई सम्मान गर्दै रक्त सञ्चार दिवस मनाईएको हो । कार्यक्रममा बोल्दै लुम्विनी अञ्चल अस्पताल बुटवलका प्रमुृख तारानाथ पौडेलले रक्तदान गरेर अरुको जीवन बचाउने कार्य पवित्र भएको कारण जन्म दिन र शुभ कार्यको दिन रक्तदान गर्दा राम्रो हुने बताउनु भयो । सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका महामन्त्री सुर्दशनप्रसाद नेपालले रक्तदान गर्दा स्वास्थ्यको लागि फाईदा पुग्ने भएको हुदा आम नागरिकलाई रक्तदान गर्न प्रेरित गर्नुपर्नेमा जोड दिएकाथिए । रक्तसञ्चार केन्द्र बुटवलका संयोजक मित्रलाल न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा उद्योग वाणिज्य संघका महेशमान सिंह, रुपन्देही उद्योग संघका दिनेशराज रेग्मी, नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापति प्रेमलाल उदास, ४० औं पटक रक्तदान गर्ने महिला रुपकेशरी बज्रचार्य, सुन्दर शाक्य, नेत्रराव अधिकारी, कृष्ण पंगेनी लगायतले आ–आफना भनाई राखेका थिए । सो अवसरमा नगरक्षेत्रमा र गाउ क्षेत्रमा धेरै रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको थियो । नेपाल स्वयसेवी रक्तदाता समाज रुपन्देही प्रथम, लायन्स क्लव बुटवल द्धितिय, नेपाल रेडक्र सोसाईटी देवदह उपशाखा तृतिय, हिमाली सामुदायिक केन्द्र चौथो र चारपाला सामुदायिक वन उपभोक्ता समुह पाचौ भएको सो अवसरमा जानकारी गराईएको थियो । त्यसैगरी ग्रामिण स्तरमा सामाजिक विकास मंञ्च प्रथम, जनआर्दश सामाजिक विकास केन्द्र द्धितिय, शिवमन्दिर युवा क्लव तृतिय, नेपाल किसान ट्रयाक्टर समिति चौथो र जनकल्याण युवा क्लव पाचौ भएकोले सम्मान गरिएको थियो । वेनबहादुर पौडेलको स्वागत र कृष्ण चौहान क्षेत्रीको संचालनमा सम्पन्न भएको कार्यक्रममा जोगबहादुर गुरुङ्गले रक्त संकलनको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %