बुद्धको मावली देवदहको पहिचान गर्न लुम्विनी विकास कोषले झाराटार्ने काम गरेको

Read Time:2 Minute, 58 Second

गोविन्द घर्ति देववदह
लुम्विनी संगै देवदह क्षेत्रको विकासमा पनि राज्यले ध्यान दिनु पर्ने रुपन्देहीको देवदह नगरपालिका–४, भवानीपुरमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले भगवान गौतम बुद्धको मावली देवदहको पहिचान गर्न लुम्विनी विकास कोषले झाराटार्ने काम गरेको बताएका थिए । देवदह क्षेत्रको उत्खनन् गरेपनि तार्किक निष्कर्षमा पुग्न नसकेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । लुम्विनी विकास कोष र मेड नेपाल द्धारा देवदहको भवानीपुरमा आयोजित पर्यटन विकासका लागि समुदाय स्तरीय अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । उनीहरुले देवदहको नाममा गठन गरिएका विभिन्न संघसंस्था एक्लाएक्लै काम गर्दा देवदह क्षेत्रको विकास हुन नसकेको हुदा देवदह क्षेत्रमा क्रियाशिल विभिन्न संघसंस्थाहरु एकजुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए । कोलिय राज्य बुद्धमावली क्षेत्र विकास समितिका अध्यक्ष चन्द्र बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराई, मेड नेपालका उपाध्यक्ष वावुराम केसी, देवदह परिचय तथा विकास समितिका अध्यक्ष निलकण्ठ पौडेल, नेकपा एमालेका जिल्ला सदस्य सिद्धिचरण भट्टराई, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, देवदह डेभलोपमेण्ट सोसाईटीका अध्यक्ष भिम गुरुङ्ग, भविष्य निर्माण उच्च माविका अध्यक्ष दल बहादुर विरकट्टा, देवदह साप्ताहिकका त्रिलोचन दाहाल, महामाया भवानी उच्च माविका प्राचार्य दिनानाथ अर्याल, देवु भट्टराई, डम्वर बहादुर थापा, सिता पाण्डे लगायतले बोल्दै एकिकृत गुरुयोजना निर्माण गरी देवदह क्षेत्रको विकास गर्नु पर्नेमा जोड दिएका थिए । श्याम सुवेदीको संचालनमा भएको कार्यक्रममा मेडका कोषाध्यक्ष ऋषिराम न्यौपानेले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %