गोविन्द घर्ति
वालवालिकालाई विद्यालयको पहुँच सम्म पु¥याउनका लागि सवै सचेत नागरिकहरु लाग्नु पर्ने जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले बताएका छन । अधिकारी थापाले शिक्षाको पहुच ग्रामिण तहका नागरिक सम्म पु¥याउन विशेष कार्ययोजना ल्याउनु पर्नेमा जोड दिएका थिए । देशलाई साक्षर बनाउनको लागि विद्यालय, शिक्षक र विद्यार्थी पनि लाग्नु पर्नेमा अधिकारी थापाले जोड दिए । देवदह नगरपालिका र जिल्ला शिक्षा कार्यालय रुपन्देहीले देवदह नगरपालिका–४ भवानिपुरमा आयोजना गरेको देवदह नगरपािलका भित्र बसोवास गर्ने ५ देखि १२ बर्ष उमेर समुहका सवै वालवालिकाहरु विद्यालयको आधारभूत तहमा भर्ना भएको सुनिश्चितता घोषणा सभामा बोल्दै अधिकारी थापाले उक्त कुरा बताएका हुन ।
देवदह नगरपालिकामा ९८.३८ प्रतिशत वालवालिकाहरु विद्यालयमा भर्ना भएको कारण घोषणाको आयोजना गरेको सो अवसरमा जानकारी गराईएको थियो । देवदह नगरपालिका भित्र १.६२ प्रतिशत वालवालिका मात्र विद्यालयको पहुँच भन्दा वाहिर रहेको समेत जानकारी गराईएको थियो । विद्यालय भर्ना दर ९८.३८ प्रतिशत रहेपनि वीचमै कक्षा छोड्ने प्रतिशत भने उच्च रहेको छ । देवदह नगरपालिका भित्रका विद्यालयमा भर्ना हुने वालवालिका मध्ये ४ प्रतिशत वालवालिकाले कक्षा छोड्ने गरेको बुटवल श्रोत केन्द्रका श्रोत व्यक्ति दुर्गादत्त शर्माले बताए । देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका सहयाक जिल्ला अधिकारी मनोज कुमार गैरे, महामाया भवानी उच्च माविका अध्यक्ष निलकण्ठ पौडेल, केरवानी उच्च माविका अधयक्ष नमराज पुरी, भविष्य निर्माण उच्च माविका अध्यक्ष दल बहादुर विरकट्टा, युगज्योति माविका अध्यक्ष वासुदेव रिमाल,केरवानी उच्च माविका प्रार्चाय मित्रलाल न्यौपाने, भविष्य निर्माण उच्च माविका प्राचार्य गनपत गुप्त, नेपाली काग्रेसका जिल्ला सदस्य शक्तिप्रसन्न गिरी, एमाओवादी देवदहका अध्यक्ष केृष्ण ढकाल, ईप्सा रुपन्देहीका अध्यक्ष एक नारायण काफले, शान्ति प्रिय प्राविका प्रअ तारा पाण्डे लगायतले बोल्दै सवै नागरिकलाई साक्षर बनाउन राज्यले विशेष योजना ल्याउनु पर्नेमा जोड दिएका थिए । महामाया भवानी उच्च माविका प्राचार्य दिनानाथ अर्यालको स्वागत र बुटवल श्रोत केन्द्रका श्रोत व्यक्ति दुर्गादत्त शर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
शिक्षाको पहुच ग्रामिण तहका नागरिक सम्म पु¥याउन विशेष कार्ययोजना ल्याउनु पर्ने
Read Time:3 Minute, 49 Second
