सरकार र संविधानसभा वाहिर रहेका दलहरुबिच इलाममा वार्ता सुरु

Read Time:2 Minute, 36 Second

भैरब आङ्ला, धरान

संविधानसभा अन्तर्गतको संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति अन्तर्गतको उपसमितिले संविधानसभा वाहिर रहेका दलहरुसँग इलाम सदरमुकाममा वार्ता अगाडि बढाएको छ ।

जसअन्तर्गत आज किरात जनवादी वर्कस पार्टी (अनन्त समूह ), संयुक्त जातीय मुक्ति मोर्चा (देवराज लामा समूह ) र स्टेट फोर्स लिम्बुवानसँग भएको वार्ताबाट सहमति कामय भएको छ । हतियारवद्ध वा अन्य आन्दोलनबाट प्रभावित भई जेलमा परेकाहरुको सरकारले मुद्धा फिर्ता लिने, सहादत भएकाहरुप्रति सम्बोधन गरिने, उनीहरुका हतियार बुझ्ने कुरामा सहमति भएको छ । उनीहरु संविधान निर्माण प्रक्रियामा सघाउ पुर्याउँने र उनीहरुका सुझाव तथा मागहरु संवैधानिक राजनीतिक संवाद समितिमा पेश गरिने सहमति भएको संविधानसभा सदस्य एवम् वार्ता समन्वयकर्ता रविन कोइरालाले बताए।

संविधानसभा बाहिर रहेकामध्ये पूर्व क्षेत्रमा कृयाशिल राजनीतिक दल र समूहसँग संविधान निर्माणलाई सहज बनाउँदै उनीहरुका मुद्धा समेत सम्बोधन गर्ने उदेश्यले वार्ता सुरु गरेको हो । भोलीसम्म चल्ने २ दिने वार्तामा विभिन्न ८ वटा दल र समूहका प्रतिनिधि रहेका छन् ।

भोली सम्ममा सञ्जुहाङ पालुङवा नेतृत्वको संघीय लिम्वुवान राज्य परिषद, पल्लो किराँत लिम्वुवान राष्ट्रिय मञ्च, किरात जनवादी वर्कर्स पार्टी विद्रोही समूह, खम्बुवान मूक्ति मोर्चा संयुक्त सहितसँग वार्ता हुने छ । सविधान समयमा जारी गर्ने र जारी भएपछि पनि सबैको अपनत्व गराउने उदेश्यले वार्ता गरिएको वार्ताका सहजकर्ता मध्येका एक सभासद रविन कोइरालाले बताए । अहिलेको वार्ताले पूर्वमा संघर्षरत समूहहरुलाई राज्यको मूलधारमा आउन पनि सहज हुने विश्वास लिइएको उल्लेख छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %