भैरब आङ्ला, धरान
खम्वूवान राष्ट्रिय मोर्चाका सुनसरी जिल्ला ईन्चार्ज सिखर राई खम्वूलाई ठगीको आरोपमा प्रहरीले पक्राउ परेका छ ।

खम्वूलाई ईलाका प्रहरी कार्यालय धरानले ठगी गरेको पचास हजार नगद सहित धरान १९ वाट पक्राउ गरिएको जनाएको छ । धरान १७ वस्ने किसोर कुमार राईले श्रीमति आशा सुनुवारलाई कुटपिट गरेको आरोपमा किसोर कुमार राईलाई प्रहरीले सार्वजानिक अपराध ऐन अन्र्तगत कार्वाही प्रकृया अगडी वढाईरहेको र किसोर राईलाई रिहाई गर्नका लागि भन्दै ६० हजार चाहिन्छ नत्र भाई जेल जान्छ भनि राईका दिदीलाई झुक्याएर ५० हजार लिदै गर्दा उनी पक्राउ परेका हुन् ।
झै झगडा मिलाई दिने वाहानामा धरानमा थुप्रै ठगिका घटनाहरु भईरहेकाले यस्ता घटनाको निगारानी गर्ने क्रममा खम्वू पत्राउ परेको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । खम्वू संग ठगी कार्यमा अरुको पनि संग्लनता भएको वताईएको छ ।
यस भन्दा अघि पनि विभिन्न ठगि काण्डमा मुछिदै आएका सिखर राई खम्वूलाई मुलुकी ऐन ठगिको महल अन्र्तगत कार्वाही हुने ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी सन्जयसिंह थापाले वताएका छन ।
