५ दिने मगर महिला शसक्तिकरण तालिम वालिङ्मा सुरु

Read Time:3 Minute, 0 Second

विनोद रखाली मगर

स्याङ्जा , वालिङ्, साउन ८ – नेपाल मगर महिला संघ भकुण्डे इकाई समितिको आयोजनामा ५ दिने उद्धघोषण तथा महिला शसक्तिकरण तालिम  वालिङ्मा सुरु भएको छ ।

तालिमको उद्धघाटन गर्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति स्याङ्जाका अध्यक्ष तेजवहादुर आले मगरले मगर महिलाहरुमा विस्तारै चेतना वढ्दै गएको हुँदा समाजको नेतृत्व गर्न तालिम कोशे ढुङ्गाको रुपमा उभिएको वताए । समाजमा खुलेर वोल्न नसक्ने महिलाहरु अव आफ्नो समस्या ढुक्क भएर समुहको अगाडि वोल्न तालिमले मद्दत पुर्याउने विश्वाश व्यक्त गरे ।

उद्धघाटन समारोहलाई सम्वोधन गर्दै नेपाल मगर संघ वालिङ् नगर समितिका अध्यक्ष क्या. डिल वहादुर थापा मगर , नेपाल मगर संघ स्याङ्जा जिल्ला उपाध्यक्ष खगिसरा थापा मगर , तालिमका प्रमुख प्रशिक्षक युवा सन्चारकर्मी विनोद रखाली मगर , वालिङ् नगर समिति सचिव विश्व प्रकाश थापा मगर , वालिङ् नगर महिला संघ अध्यक्ष रुपा थापा मगर , समाजसेवि क्या. जग वहादुर राना मगर , मगर युवा संघ वालिङ्का अध्यक्ष धन वहादुर थापा मगर , माथिल्लो वालिङ् मगर महिला संघका अध्यक्ष कृष्णा थापा मगर, मिर्दि मगर महिला संघका अध्यक्ष शोभा थापा मगर , तल्लो वालिङ् मगर महिला संघका अध्यक्ष नमु थापा मगर , भुम्रे मगर महिला संघका अध्यक्ष जुना थापा मगर लगाएतले तालिममा सिकेका कुरालाई व्यवहारिक रुप दिन आग्रह गरेका थिए ।

मगर भवन माले वगर वालिङ्मा सन्चालन भएको उक्त तालिममा उद्धघोषण, नेतृत्व विकाश तथा मगर महिला शसक्तिकरण सम्वन्धि प्रमुख प्रशिक्षकमा लामो समय देखि छापा तथा विद्युतिय सन्चार माध्यममा कार्यरत युवा सन्चारकर्मी विनोद रखाली मगर तथा सन्चारकर्मी जि.वि. राना मगरले सहजीकरण गरिरहेका छन् ।

मगर महिला संघ भकुण्डेका अध्यक्ष देवि थापा मगरको अध्यक्षतामा उपाध्यक्ष विष्णु थापा मगरको स्वागत सगैं सुरु भएको कार्यक्रम खिम कुमारी थापा मगरले सन्चालन गरेका थिए । झण्डै ३० जना मगर महिलाहरु सहभागि रहेको तालिम साउन १२ गते सम्म सन्चालन हुनेछ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %