च्याउ खादा बिरामी परेका एकै परिवारका पाच जना घर फर्किए

Read Time:1 Minute, 47 Second

देब पचभैया

पाल्पा, श्रावण ७ – च्याउ खादा बिरामी परेका पाल्पाका एकै परिवारका पाच जना बिरामी घर फर्किएका छन् । उनीहरु उपचार पछि आज दिउसो घर फर्किएका हुन् । च्याउ खादा पिपलडाडा ९ की ३८ बर्षिया खगी सरा राना र उहाकी छोरीहरु खुमी, तुल्सी,डिलमाया र छोरा इन्द्र बिरामी परेका थिए । घर नजिकैको खरबारीमा भेटिएको च्याउ खसीसराले हिजो बिहान पकाएर खाएका थिए । च्याउ खाएदेखि नै बिरामी परेका उनीहरु सबैको हिजो बेलुकी देखि नै युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भएको थियो ।

यसै बिच च्याउ खाएर बिरामी परेकी ३८ बर्षिया खगी सरा रानाले आईन्दा जहापायो त्याहा पाईने च्याउ नखाने बताउनुभएको छ । आफुले गरेको गल्तीले झण्डै चार छोराछोरीको समेत ज्यान गएको भन्दै सधै खाइरहने स्थानको च्याउ भनेर खान नहुने चेत खुलेको उहाले बताउनुभयो । उपचार पछि घरफर्किने बेला पत्रकारहरु संग कुरा गर्दे रानाले बरु च्याउ नखादा केही नहुने तर खायो भने ज्यानकै खतरा हुने भएकाले सकै सम्म बन जंगल र खेत तथा खरबारीमा पाईने च्याउ खानै नहुने कुरामा जोड दिए ।

नाफामा पाएको जिवनलाई अब गाउमा फर्किएर च्याउ नखान आग्रह गर्दे हिड्ने पनि बताए ।

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %