देब पचभैया
पाल्पा, श्रावण ७ – पाल्पामा च्याउ खादा एकै परिवारका पाच जना बिरामी परेका छन् ।
च्याउ खादा पिपलडाडा ९ की ३८ बर्षिया खगी सरा राना र उहाकी छोरीहरु खुमी, तुल्सी,डिलमाया र छोरा इन्द्र बिरामी परेका हुन् । घर नजिकैको खरबारीमा भेटिएको च्याउ खसीसराले हिजो बिहान घरमा ल्याएर थिए । च्याउ खाएदेखि नै बिरामी परेका उनीहरु सबैको हिजो बेलुकी देखि नै युनाईटेड मिशन अस्पताल तानसेनमा उपचार भैरहेको छ ।
