देब पचभैया
पाल्पा, श्रावण ७ – लामो समय सम्म अस्थाई दरबन्दीमा पढाईरहेका पाल्पाका ढेड शय बढी शिक्षकहरु बिस्थापित हुने भएका छन् । स्थाई शिक्षकहरुले भाद्र महिना देखि पढाउन शुरु गर्ने भएपछि बर्षौ सम्म बिधालयमा पढाईरहेका अस्थाई शिक्षकहरु बाहिरीन लागेका हुन् । पाल्पामा निमाबि तहमा ९८ जना र माबि र निमाबि तहमा ५० बढी अस्थाई शिक्षकहरु बिस्थापित हुन लागेको
जिल्ला शिक्षा कार्यालय पाल्पाले जानकारी दिएको छ । पढाउदा पढाउदै समय र उमेर फालेरे बिधालयमा बिताएका शिक्षकहरुलाई सरकारले ख्याल गर्नुपर्ने भन्दै बिस्थापित शिक्षकहरु आन्दोलनमा उत्रिने तयारी गरेका छन् ।
बिस्थापित शिक्षक संघर्ष समिति पाल्पाका अध्यक्ष राम प्रसाद बस्यालका अनुसार एक हप्ता भित्रमै अस्थाई शिक्षकहरुको जिल्ला भेला गरेर आन्दोलनलाई चर्काउने बताउनुभएको छ ।
