देब पचभैया
स्याङ्जा, ७ साउन – आर्थिक वर्ष २०७०÷०७१ मा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले २१ लाख १५ हजार २ सय ५० रुपैया“ राजश्व संकलन गरेको छ । संकलित राजश्व गत वर्षको तुलनामा झण्डै दोब्बर हो ।
गएको वर्षमा १० हजार १ सय ५४ सवारी साधनलाई कारबाही गर्दा २१ लाख १५ हजार २ सय ५० राजश्व संकलन भएकोमा अघिल्लो आर्थिक वर्षमा ५ हजार ९ सय ६ सवारी साधनलाई कारबाही गर्दा ११ लाख ५५ हजार ४ सय ५० रुपैया“ राजश्व संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटनमा कमी अँएपनि दुर्घटनामा ज्यान गुमाउनेको संख्यामा भने बृद्धि भएको छ । गएको वर्ष १५ दुर्घटनामा १५ जनाले ज्यान गुमाए भने अघिल्लो वर्षमा ३१ दुर्घटनामा १० जनाले ज्यान गुमाएका थिए ।
ट्राफिक कार्यालयले नियमको पालनमा कडाई र विद्यालय स्तरीय अनुक्षिण कार्यक्रम संचालन गर्दै आएको छ । समय–समयमा जिल्लामा रहेका सवारी धनी, चालक र सह–चालकलाई प्रशिक्षण दिदै आएको कार्यालयले जनाएको छ ।
