देब पचभैया
स्याङ्जा, ७ साउन – स्याङ्जा जिल्लामा आर्थिक बर्ष ०७०÷७१ मा पु“जीगत र चालु खर्च तर्फ विभिन्न कार्यलय प्राप्त रकम मध्ये १३ करोड २१ लाख १९ हजार २ सय १७ रुपैया ८० पैसा फ्रिज (फिर्ता) भएको छ ।
पुँजीगत तर्फ २२ करोड ८६ लाख ९४ हजार १ सय २० रुपैया“ प्राप्त भएकोमा ३ करोड ९८ लाख ८४ हजार एक सय ८८ रुपैया“ ८० पैसा रहेको छ ।
चालु खर्च तर्फ २ अर्ब ४१ करोड ५३ लाख ९ हजार २ सय १० रुपैया“ प्राप्त भएकोमा ९ करोड २२ लाख ३५ हजार २९ रुपैया“ २ पैसा फ्रिज भएको कोष तथा लेखा निणन्त्रण कार्यालयका प्रमुख केशराज ढकालले जानकारी दिनुभयो ।
सबैभन्दा धैरै जिल्ला सिचाई कार्यालयबाट रकम फ्रिज भएको छ । पु“जीगत तर्फ प्राप्त ८ करोड ८५ लाख ७० हजार मध्ये २ करोड ५९ लाख ७० हजार छ सय ८० रुपैयाँ फ्रिज भएको छ ।
त्यस्तै जिल्ला खानेपानी कार्यलयको पु“जीगत तर्फको ७४ लाख ५१ हजार रुपैया“ र जिल्ला शिक्षा कार्यलयको चालु तर्फ २ करोड ४३ लाख ५३ हजार छ सय ६१ रुपैया“ ३८ पैसा फ्रिज भएको कार्यालयले जनाएको छ ।
स्थानीय निकाय तर्फमा ३ करोड ३२ लाख ८५ हजार छ सय २७ रुपैया“ ४५ रहेको छ । शिक्षा कार्यालय र स्थानिय निकायमा चालु खर्च तर्फको अनुदान र थप अनुदान रकम फ्रिज भएको हो ।
स्वास्थ्य कार्यालयको २ करोड १८ लाख ९५ हजार ७ सय १२ रुपैया फ्रिज भएको छ । आर्थिक बर्ष ०६९-०७० मा ८ करोड रकम फ्रिज भएकोमा यस आर्थिक बर्षमा ५ करोडले बढि रहेको छ ।
विगतका तुलनामा बढि रकम फ्रिज हुनु अख्तियारको सक्रियता भएको खानेपानी कार्यालयका एक कर्मचारीले बताएका छन् । उनका अनुसार अख्तियारको सक्रियताले पेश्की रकम दिन समेत अप्ठ्यारो परेको थियो । अख्तियारको सक्रियताले अनियमितता र पेश्कीमा मितव्यायी बनाएको उनले बताएका छन् ।
