कमल चौधरी
बुटवल – आदिवासी जनजाति हक अधिकारका लागि शक्रिय रुपमा लाग्नुपर्ने बैठकमा बोल्ने बक्ताहरुले जोड दिएका छन् ।
पछिल्लो समयमा आदिवासी जनजाति समुदायका मुद्दाहरु ओझेलमा परेको भन्दै नेपाल आदिवासी जनजाति विद्यार्थी समन्वय समितिको विशेष बैठकमा शुक्रबार अमर भवनमा बोल्ने वक्ताहरुले अब आदिवासी जनजाति अधिकारको लागि क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए । नेपाल अदिवासी जनजाति विद्यार्थी समन्वय समितिका जिल्ला अध्यक्ष गम सोमैको सभापतित्व, उपाध्यक्ष कमल चौधरीको स्वागत र सचिव प्रदिप घर्तीमगरको संचलनमा भएको बैठकमा समन्वय समितिका महिला उपाध्यक्ष लिला राना, कोषाध्यक्ष हुम सिंजाली, तेज बहादुर सारु, ओवी कनैजेमगर, गोपाल थापा, ज्ञानेन्द्र थापा, अञ्जलि थापा, उसा गुरुङ्ग लगाएतले बोलेका थिए ।
साथै उक्त बैठकले अबको संविधानमा आदिवासिको पहिचान सहितको संघीयता, धर्मनिरपेक्षका मुद्दाहरुलाई शसक्त रुपमा उठाउनको लागि जनजाति विद्यार्थी समन्वय समितिले गम सोमैको नेतृत्वमा ७ सदस्य सचिवालय समिति गठन गरेको छ । जसमा कमल चौधरी, लिला राना, प्रदिप घर्तिमगर, गोकुल छन्त्याल, हुम सिंजाली र उसा गुरुङ्ग रहेका छन् ।
