देब पचभैया
पाल्पा, श्रावण ४ – पाल्पाका बिभिन्न स्थानबाट बरामद गरिएको अबैध घरेलु मदिरा नष्ट गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पामा आईतबार बेलुकी एक कार्यक्रमको आयोजना गरी ७ सय लिटर बढी मदिरा नष्ट गरीएको हो । जिल्लाका राम्दी, केरावारी, मुझुङ्ग, हार्थोक लगाएतका क्षेत्रबाट बरामद गरिएको मदिरा नष्ट गरीएको हो । अनुमति बिना उत्पादन गरिएका घरेलु मदिराले मानब स्वास्थ्यलाई नकारात्मक असर पर्ने र यसले घरेलु हिंसा बढाएको भन्दै प्रहरीले अबैध मदिरा बिरुद्ध बिषेश अभियान संचालन गरीरहेको निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरिक्षक कृष्ण सापकोटाले जानकारी दिए ।
मदिरा नियन्त्रणको लागी प्रहरीले बिशेष अभियान चलाएपनि मदिरा उत्पादन, सेवन र बिक्रिबितरणमा भने कमी आएको छैन । हप्तै पिच्चे मदिरा बरामद र नष्ट भैरहेपनि समस्या घटेको छैन ।
