आमा म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु (कबिता)

Read Time:1 Minute, 15 Second

 निश्चल काउचा

आदिम बस्तिहरुमा

तन्त्रले पाईन हाल्न नसके पछि

आफ्नो भूगोलको परिधि नाघेर  

आफ्नै सपनाको मलामी जान

सगरमाथाको शिर पार गरेको ‘म’

रेगिस्तानको  मृगतृष्णामा छटपटाई रहदा  

मृत सागरको नुनिलो पानीले प्यास मेटाउन सक्दिन

यो कंक्रिट जंगलको गगन चुम्बी भवनको उचाई  

मेरो सगरमाथासँग तुलना गर्न मिल्दैन 

फिर्नु छ चाँडै

आफ्नै भुमिमा

सिञ्चिनु छ  

तातो रगत र पसिना

आफ्नै माटोको डल्लामा

त्यति बेला  

मलाई सलाम ठोक्न  

हरेक बिहान घामको झुल्को हाजिर हुनेछ

म कोरा गह्राहरुमा , कोरा फाटहरुमा  

हलो र कोदाली कलम लिएर  

अन्नको रचना गर्न  

दश नंग्रा खियाई रहनेछु

आज मात्र

मेरो देशलाई

मेरी आमालाई

संदेश पठाए  

आमा म आफ्नै माटोको सुगन्ध लिन चाहन्छु ।

चौराहा १ बाग्लुङ , हाल दक्षिण कोरिया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %