उद्योग, व्यापार, कृषि र पर्यटनको विकास भएमा मात्र रुपन्देहीको विकास हुने

Read Time:3 Minute, 31 Second

गोविन्द घर्ति

देवदह असार ३- उद्योग, व्यापार, कृषि र पर्यटनको विकास भएमा मात्र रुपन्देहीको विकास हुने देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले लुम्विनी संगै देवदहको विकास अनिवार्य रुपमा हुनु पर्ने बताएका थिए । देवदह क्षेत्रमा रहेका उद्योग तथा व्यापारी संगठनहरु विच देवदह क्षेत्रको विकासको लागि सहमति र सहकार्यका साथ अगाडी बढ्नु पर्नेमा जोड उनीहरुले दिएका थिए । उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाको तेश्रो साधारणसभा तथा दोश्रो अधिवेशनमा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले उद्योग तथा व्यापार व्यवसायको हक हितको लागि राजनितीक रुपमा नभई व्यापारिक रुपमा एकजुट हुनु पर्ने बताएका थिए । उद्योग व्यापार संगठन रुपन्देही देवदह शाखाका अध्यक्ष गोविन्द ठड्राईको अध्यक्षता र देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष खिम बहादुर खत्री, निवर्तमान अध्यक्ष मनिष कुमार जोशी, नेपाली कांग्रेस देवदहका नगरसभापति दुर्गा बहादुर राना, एमाओवादी देवदह नगर कमिटिका अध्यक्ष कृष्ण ढकाल, राष्ट्रिय जनमोर्चा देवदह नगर अध्यक्ष पुरुषोत्तम कडेल, रुपन्देही व्यापार संघका देवदह शाखाका अध्यक्ष कोष बहादुर गुरुङ्ग, उद्योग वाणिज्य देवदह शाखाका अध्यक्ष गोपाल ढकाल, देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारी, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेमनारायण अधिकारी लगायतले बोल्दै देवदह क्षेत्रको व्यापार, व्यवसायलाई पारदर्शिता बनाउन देवदह क्षेत्रको बजार अनुगमन गर्नु पर्नेमा जोड दिएका थिए ।

अर्जुन ढकालको स्वागत र गणेश कुमार खातीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । अधिवेशनले गोविन्द ठड्राई अध्यक्ष रहेको १५ सदस्यीय उद्योग व्यापार संगठन रुपन्देही देवदह उपशाखा गठन गरेको छ । जसको उपाध्यक्षमा गणेश कुमार खाती, सचिवमा मेघराज ढकाल, सह–सचिवमा अर्जुन ढकाल र कोषाध्यक्षमा देवीप्रसाद न्यौपाने रहनु भएको छ । त्यस्तै सदस्यहरुमा कालुराम थापा, चित्र बहादुर गुरुङ्ग, यज्ञ डुम्रे, विष्णु प्रसाद शर्मा, हरि प्रसाद कडेल, लक्ष्मण सापकोटा, प्रकाश काफले र गणेश बस्याल रहेका छन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %