स्व.गायिक मञ्जुका परिवारलाई निरमायाको सहयोग

Read Time:1 Minute, 21 Second

मनोज घर्तीमगर/पोखरा  
स्व.गायिका मञ्जु महतको नाममा स्थापना भएको मञ्जु महत स्मृति कोषलाई पोखराको निरमाया दोहोरी साँझले सहयोग गरेको छ । दोहोरी साँझ स्थापनाको नवौं वार्षिकोत्सवका अवसरमा लोकदोहोरी प्रतिष्ठान गण्डकी अञ्चलका वरिष्ठ उपाध्यक्ष शंकर विरही गुरुङ मार्फत स्मृति कोषका लागि दोहोरीका संचालक सिम गुरुङले पाँच हजार सहयोग हस्तान्तरण गरे । संचालक गुरुङले मञ्जुका छोराछोरीको शिक्षामा सघाउन सहयोग गरेको बताए । त्यस अवसरमा पत्रकार महासंघको अधिवेशनमा जाँदै गर्दा दुर्घटनामा पनिर घाइते भएका कान्तिपुर टिभीका पत्रकार वसन्त अधिकारीलाई पनि दोहोरी साँझले पाँच हजार सहयोग गरेको थियो । दोहोरी साँझले हरेक वर्ष थोरै भए पनि विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । यस अघि गायक सागर सुवेदीका छोरो, पत्रकार महासंघ कास्कीको भवन निर्माणमा समेत सहयोग गरिसकेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %