देब पचभैया
पाल्पा , ३० अषार – तानसेन नगर लाई प्लाष्टिक झोला मुक्त गरी सफा सुन्दर बनाउने अभियान शुरु गरेको नगरपालिकाले करीव १ बर्षको पछी आफ्नो कार्यालय क्षेत्र भित्र प्लाष्टिकको कप प्रयोग गर्न निशेष गरेको छ ।
तानसेन नगरमा कृयाशिल राजनितिकदलको वोर्ड बैठकसहित स्थानीय विकास मन्त्रालय वातावरण विभागका कर्मचारीहरुको सहभागितमा भएको छलफलमा नगरपालिकाको कार्यालय भित्र जुनसकै जो सुकैको कार्यक्रममा पनि चिया वितरण गर्दा प्लाष्टिकको गिलास प्रयोग गर्न बन्देज लगाउने निर्यण गरेको हो । कार्यक्रममा सहभागि तानसेन नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र लामगादेले ठुलो हल र मिनीहलमा हुने कार्यक्रमहरुमा प्लाष्टिकको कप गिलास प्रयोग गर्न नदिने गरी नगर प्रहरी परिचालन गर्ने बताए ।
आ-आफ्नो घर घर बाट वातावरणको संरक्षरण गरौ भन्ने अभियानका साथ तानसेन नगरपालिका लाई वातावरणमैत्री स्थानीय निकायको रुपमा विकास गर्ने विषयमा छलफल शुरु भएको छ । हरेक घर घरमा गमला राखी फुल रोप्ने, छत छतमा बहु बर्षिया रुख विरुवा लगाउने, घर घरमा उत्पादन भएको फोहोर आफ्नै घरमा व्यबस्थापन गर्नुपर्ने, संभव भएका घरधनीहरुले करेसाबारी बनाउने, छतको पानी जमिनमै रिचार्जको व्यबस्थापन गर्नुपर्ने, टोल टोल गल्ली गल्लीमा रुख विरुवा लगाउने विषयमा राजनितिक दल सहित टोल विकास संस्था, नागरिक समाजको अगुवाईमा जनचेतना जगाउने काम नगरपालिकाले गर्ने भएको छ ।
कार्यक्रममा स्थानीय विकास मन्त्रालयका वातावरण विभाग प्रमुख चक्रपाणी शर्माले माटो, हावा,पानी, रुख विरुवा विना मानिसको जिवन असंभव भएकोले तानसेनलाई वातावरणमैत्री बनाउन सरकारको मुख ताक्नु भन्दापनि स्थानीयवासी नै कृयासिल हुनुपर्ने बताए । कार्यक्रममा वातावरण विभागका शाखा अधिकृत नोखिराम ओलीले नगरपालिकाले निर्माण गर्ने, ढल, बाटो, खानेपानी, विभिन्न किसिमका पुर्वाधार निर्माण गर्दा बातावरण मैत्री काम गर्ने लाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
