देब पचभैया
पाल्पा , २७ असार – कसेनी गाविस सराईका जनजाति,दलित तथा न्युन आयश्रोत भएका महिलाहरु लाई केन्द्रित गरेर ३ दिने वेमौसमी तरकारी खेती तथा कृषि प्रशिक्षण तालिम शुरु भएको छ । सराईको एक्लेवरमा भएको तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको छ । मानवअधिकारका लागी महिला, एकल महिला कार्यालयले आयोजना गरेको कृषि तालिममा जिल्ला विकास समिती पाल्पाको आर्थिक सहयोग रहेको छ ।
कृषि तालिम कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत थमन बहादुर कार्कीले वेमौसमी तरकारी उत्पादन गर्ने तरीका, उत्पादन गर्दा अपनाउनु पर्ने विधी, माटोको तयारी, नर्सरी राख्ने तरीका, तरकारीको, विउ छर्ने तरीका, नर्सरी बाट बेर्ना सार्ने तरीका, सिंचाईको, रोग तथा किटाणु लागेका अपनाउनु पर्ने सावधानी तथा रोकथामको अवस्था, मल दिने तरीका, लगायतका बारेका महिला किसानहर लाई जानकारी दिए ।
तालीममा सहभागी महिलाहरु कृषि विकास कार्यालयले दिने सेवा सुविधाको बारेमा समेत अनविज्ञ रहेकोले वाली विकास अधिकृत कार्कीले कार्यालयले किसान लाइृ दिने निशुल्क, सहुलियदरको सेवा, प्राविधिक सेवा, परामर्श सेवाको बारेमा जानकारी गराए । किसानको आयश्रोत लाई बलियो बनाउनु वेमौसमी तरकारी उत्पादनमा लाग्नु पर्ने, तराईमा भन्दा पहाडमा वेमौसमी तरकारी उत्पादन गर्न सजिलो भएकोले तालिम पछि महिलाहरु लाई तरकारी खेतीमा केन्द्रित हुन कार्कीले अनुरोध गरे । तालिममा कृषि उत्पादनमा आइपिएम प्रविधी, तरकारी प्रयोग गर्नुपर्ने जैविक विषादीको वारेमा समेत प्रशिक्षक कार्कीले जानकारी गराए ।
कार्यक्रममा आइडी नेपाल पाल्पाका प्रवन्धक रुद्र थापाले वैमौसमी तरकारी नर्सरी व्यबस्थापन, उत्पादित बस्तुको बजारीकरणको अवस्था, उत्पादित बस्तुले पाउने बढी मुल्यको अवस्थाको बारेमा जानकारी गराए ।
कार्यक्रममा मानवअधिकार महिला, एकल महिलाकी अध्यक्ष मिना पन्थीले हरेका व्यक्ति कृषि संग जोडिएकोले गाउँ गाउँका महिलाहरुको वेमौसमी तरकारी खेती बाट आम्दानी बढाउने उधेश्यले कसेनीमा तालिम संचालन गरिएको बताईन । महिलाहरुको आर्यआर्जनमा बृद्धि भएमा मात्र दैनिक जसो हुने घरेलु तथा लैङ्गिक हिंसा समेत न्युनिकरण हुने, महिलाहरु आत्मनिर्भर हुने, काम गर्न समेत उत्साहित हुने भएकोले कसेनीमा वेमौसमी तरकारी उत्पादन गर्न सकिने राम्रो संभावना भएकोले तालिम संचालन गरिएको अध्यक्ष पन्थीले बताईन । वेमौसमी सम्वन्धी तालिम महिलाहरुले पहिलो पटक लिएकोले निकै ध्यान दिएर सुनेको र नबुझेका विषयबस्तुमा तत्कालै छलफल समेत गरिएको थियो ।
कार्यक्रमको संचालन वडा महिला सरोकारकी खिमिसरा रानाले गरेकी थिईन ।
