दोश्रो संविधानसभाबाट पनि संविधान नबन्ने खतरा

Read Time:2 Minute, 18 Second

शिबलाल थापा मगर   

काठमाडौँ, असार २५ गते – असार १६ गते बाट केही समयको लागि भनि रोकिएका व्यवस्थापिका संसदको बैठक असार १८ गतेबाट २५ गते सम्मका लागि स्थगित गरेको छ ।

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन भईरहेको कारण देखाई स्थगित व्यवस्थापिका संसदको बैठक स्थगित गरेको हो । व्यवस्थापिका संसदको बैठक बस्न नसकेकोले संविधान बनाउन भनि संविधानसभामा गएको सभासदहरु काम नपाएर आआफनै धुनमा रल्लिरहेका छन ।

सभासदहरु काम नपाएर कोही जिल्लातिर, कोही विदेशतिर र कोही आफ्नै घरतिर हिँडिरहेको अवस्था छ । विदेशी राजदूतहरुलाई आफ्नै सभाकक्षमा बोलाएर अगामि माघ ८ गते अर्थात संविधान नबन्दा सम्म सभासदहरुलाई विदेश भ्रमणमा नलैजानु भनेर निर्देशन गर्नुहुने र कुनैपनि राजनीतिक दलले सभासदहरुलाई पार्र्टीको काममा जिल्लातिर नबोलाउनु भनेर सार्वजनिक आव्हान्न गर्नुहुने सम्माननीय सभामुख सुवास नेम्वाङ्ग पनि यतिखेर एमालेको राष्ट्रिय महाधिवेशन स्थलमा आफ्नै पक्षका उम्मेदवारहरुलाई विजय गराउन  तल्लिन भएको खबरहरु सार्वजनिक भईरहेको छ ।

अगामि माघ ८ गते भित्र जनता लाई  नयाँ संविधान दिने अश्वासन बाँड्ने ठूलादलका नेताहरु नै  संबिधान निर्माण गर्ने तर्फ कुनै चासो नदेखाएकोले र दोश्रो संविधानसभाबाट पनि संविधान नबन्ने हो कि भन्ने खतरा बढ्दै गएको कुरा राष्ट्रिय जनमुक्ति पार्टीका बरिष्ठ उपाध्यक्ष समेत रहनु भएको सभासद शिबलाल थापा मगर बताएका छन ।

मगर राष्ट्रिय जनमुक्ति पार्टीका सभासद तथा बरिष्ठ उपाध्यक्ष हुन ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %