निश्चल काउचा / सिवल , कोरिया
कोरियाली चाड छुसकको पहिलो दिन सेप्टेम्बर ७ तारिखको दिन नेपाल मगर् संघ गणतन्त्र कोरियाको आयोजनामा गर्न लागेको कार्यक्रममा बेलायतको वेम्वली एरेना जस्तो विश्वबिख्यात समूहहरूले सांगीतिक प्रस्तुति दिने हलमा धमाकेदार प्रस्तुति दिई सकेको र नेपालको ख्याती प्राप्त चर्चित ब्यान्ड नेपथ्य र भारतको चर्चित रियालिटी शो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि आफ्नो पोल्टामा पार्न सफल रूपन्देही, रुद्रपुरकी १२ वर्षीया किशोरी तेरिया फौजा मगरले आफ्नो प्रस्तुति दिने नेपाल मगर् संघ गणतन्त्र कोरियाका अध्यक्ष पुरण रानाले जानकारी गराए ।
उक्त कार्यक्रमको नीम्ति तयारी तिब्र गतिमा अघि बदिरहेको कुरा सँस्थाका महासचिव सी.पी मगरले जानकारी गराउदै कोरियामा रहनु भएका बिभिन्न संघ संस्था र सम्पुर्ण नेपाली दाजु भाई तथा दिदि बहिनीबाट सहयोगको अपेक्षा राखेको बताए ।
नेपालीहरुको छाता संस्था नेपाली सम्पर्क समितिको आव्हानमा कोरियामा कृयाशिल संघ संस्थाहरुको उपस्थितमा छुसकको विदामा सांस्कृतिक कार्यक्रम गर्न चाहने संघ संस्थाहरुबाट कार्यक्रम बांडफांड गर्दा सबैको सहमती अनुसार छुसकको पहिलो दिन( ७ सेप्टेम्बर तारिख, आईतवार) नेपाल मगर संघ गणतन्त्र कोरियालाई सांस्कृतिक कार्यक्रम गर्न दिने सहमती भए अनुसार कार्यक्रम् गर्न लागेको हुदा उक्त दिन् अरु संघ संस्थाहरुले कार्यक्रम नजुधाई दिन हुन संस्थाले अपिल गरेको छ ।
उक्त कार्यक्रममा सम्पुर्ण कोरिया बासी नेपालीहरूले उपस्थित जनाई दिएर कार्यक्रम् भव्य रुपमा सफल पारि दिनु हुन नेपाल मगर् संघ गणतन्त्र कोरियाको आग्रह गरेको छ ।
मिति-२०१४ सेप्टेम्बर ७ तारिक(चुसकको पहिलो दिन)
स्थान-सिन्हेङ कलेज माङवलसा (भलिबल खेल मैदान)
सउल मेट्रो लाइन न. १