गोविन्द घर्ती
देवदह असार २१ । वास्तविक किसान सम्म राज्यले प्रदान गर्ने सेवा र सुविधा पुग्न नसकेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन । उनिहरुले राज्यले किसानको लागि अनुदान बढाउनु पर्नेमा जोड दिएका थिए । सहि अनुदान नपाउदा किसानहरु व्यवसायिक रुपमा अगाडी बढ्न नसक्ने हुदा व्यवसायिक खेतिको लागि राज्यले उचित अनुदानको व्यवस्था गर्नु पर्नेमा जोड दिएका थिए । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीद्धारा देवदहमा आयोजित ११ औ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । सो अवसरमा बोल्दै रुपनदेहीका प्रमुख जिल्ला अधिकारी वालकृष्ण पन्थीले कृषिको उन्नति र विकासक लागि आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । देवदह–केरवानी कृषक मुल समितिका अध्यक्ष चक्रपाणी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्ण भद्र अधिकारी, देवदह नगरपालिकाका कार्यकारि अधिकृत टेकराज भट्टराई, नेकपा एमाले देवदह नगर संयोजक पदम थापा, एमाओवादी देवदह नगर संयोजक कृष्ण ढकाल, कृषक गिर प्रसाद पाण्डे, वाली विकास अधिकृत जय बहादुर महत्रा लगायतले बाल्दै कृषि क्षेत्रको विकास विना देशको विकास सम्भव नभएकोमा जोड दिएका थिए । यमकला भुषालको स्वागत र कोपिला क्षेत्रिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
