देब पचभैया
पाल्पा, असार १६ – पाल्पाली पत्रकारहरुलाई जनसंख्या सम्बन्धी अभिमुखिकरण तालिम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको आयोजनामा सोमबार तालिम भएको हो ।
कार्यक्रममा २०६८ सालको जनगणना र पाल्पामा जनसंख्याको अबस्थाको बारेमा जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख झलक शर्मा पौडेलले सहजीकरण गरेका थिए । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका पब्लिक हेल्थ नर्स कल्पना पौडेलको स्वागतमा भएको कार्यक्रममा पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल लगाएतले बोलेका थिए ।
