विनोद रखाली मगर
असार १६, गल्याङ्,
नेपाल मगर बौद्ध सेवा समाज स्याङ्जाको प्रथम अधिवेशन स्याङ्जाको गल्याङ्मा सम्पन्न भएको छ । अधिवेशनको उद्धघाटन गर्दै नेपाल मगर बौद्ध सेवा समाजका केन्द्रीय सदस्य तथा मगर वापा सुर्य वहादुर थापा मगरले वौद्ध धर्म र मगरजातीको सम्वन्धमा प्रष्ट पारेका थिए । थापा मगरले मगर जातिको मौलिक सस्ंकार संस्कृतिमा लोपोन्मुख अवस्थामा अन्य धर्मको प्रचारको पछि लाग्दा आफ्नै मौलिकता गुम्न जाने अवस्थामा रहेकाले वौद्ध धर्मले मात्र सस्ंकृती जगेर्नामा टेवा पुर्याउने दावी गरेका थिए । थापाले वुद्धको शिक्षा र सदेंश फैलाउन समेत सवैसंग आग्रह गरेका थिए । कार्येक्रममा विशिष्ट अतिथिको आसन मार्फत वोल्दै नेपाल मगर संघ स्याङ्जा जिल्ला अध्यक्ष हेमन्त थापा मगरले सविंधान निमार्ण प्रति लक्षित गर्दै आत्मनिर्णयको अधिकार सहितको संघिय सविंधान आजको आवश्यक्ता रहेकाले अस्तित्व रक्षाको लागि स्थानिय स्तर देखिनै जनदवाव आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा भू.पू. सैनिक संघ , क्षेत्र न. ३ स्याङ्जाका अध्यक्ष तथा गल्याङ् वजार व्यवस्थापन समितिका द्धितीय उपाध्यक्ष सु.चन्द्र वहादुर रखाली मगरले मगरको एकतामा जोड दिदै धर्ममा पनि एकता आवश्यक रहेको जनाएका थिए ।
कार्यक्रममा मगर वौद्ध सेवा समाज वायटारीका अध्यक्ष गंगा वहादुर थापा मगर, मगर युवा संघ गल्याङ्का अध्यक्ष डोलु थापा मगर, वौद्ध शिक्षा आनन्द विहार केन्दीय सदस्य वल वहादुर गाहा मगर लगाएतले बोलेका थियो ।
प्रथम अधिवेशनले पदम गाहा मगरको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा रन वहादुर थापा मगर, सचिवमा नारायण थापामगर, सह सचिवमा धन वहादुर थापा मगर,कोषाध्यक्षमा कृष्णमाया राना मगर, सदस्यहरुमा केशर वहादुर थापा मगर, टोप वहादुर आले मगर, दल वहादुर थापा मगर धन वहादुर थापा मगर, सु.यौ वहादुर थापामगर, मुक्तिश्वर राना मगर, विनोद राना मगर, होम वहादुर थापा मगर लगाएत रहनुभएको छ । स्याङ्जा जिल्लाका विभिन्न स्थानका मगर वापा, भूषालहरुको उल्लेख सहभागिता रहेको कार्यक्रम विनोद राना मगरको स्वागत सङ्गै सुरु भै, नारायण थापा मगरको सन्चालन र पदम वहादुर गाहा मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
मगर बौद्ध सेवा समाज स्याङ्जाको प्रथम अधिवेशन सम्पन्न
Read Time:3 Minute, 24 Second
