जनजातिहरुको हक र अधिकारलाई स्थापित गर्न सम्पुर्ण आदिवासी जनजातिहरु एक जुट भएर लाग्नु पर्ने

Read Time:2 Minute, 7 Second

गेविन्द घर्तीमगर
देवदह असार १६ । आम सञ्चारमाध्यमले आदिवासी जनजातिहरुको मुद्दा ओझेलमा पार्ने काम गरेको रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले आदिवासी जनजातिहरुको हक र अधिकारलाई स्थापित गर्न सम्पुर्ण आदिवासी जनजातिहरु एक जुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । रुपन्देहीको देवदहमा संचालित ५ दिने आधारभूत पत्रकारिता तथा उद्घोषण तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । नेपाल आदिवासी जनजाति महासंघ देवदहको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम शुरु भएको हो । नेपाल आदिवासी जनजाति महासंघ देवदहका अध्यक्ष केशर पुनको अध्यक्षतामा भएको कार्यक्रममा तमु ह्युल छोंज धीका केन्द्रीय अनुगमन समिती सदस्य भिम गुरुङ्ग, नेपाल मगर संघ देवदहका अध्यक्ष लाल बहादुर दर्लामी, संघका पुर्व अध्यक्ष पदम थापा, महासंघका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्ग, खेमा तमु छोंजका थमन तमु लगायतले आ–आफना भनाई राख्नु भएको थियो । महासंघका सचिव राजकुमार श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक गोविन्द घर्तीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा तत्कालिन देवदह गाविसका आदिवासी जनजाति युवाहरुको सहभागिता रहेको छ । कार्यक्रममा रेडियो देवदहका समाचार प्रमुख भिम गुरुङ र पत्रकार गोविन्द घर्तीले सहजीकरण गर्नु भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %