महिला नेतृत्व विकास तालिम सम्पन्न

Read Time:1 Minute, 57 Second

गोबिद घर्तिमगर

असार १६ । रुपन्देहीको देवदहमा संचालित भएको ५ दिने महिला नेतृत्व विकास तालिम सम्पन्न भएको छ । महिला विकास कार्यक्रम देवदह गाउ समन्वय समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराईले तालिममा सिकेका ज्ञान र सिप आफनो दैनिकी जीवनमा लागु गर्न सकेमात्र तालिमको सार्थकता हुने बताएका थिए । भट्टराईले समाज परिवर्तनमा महिलाहरुको अह्म भूमिका हुने भएकाले त्यस तर्फ सवैले ध्यान दिनु पर्नेमा जोड दिएका थिए । समन्वय समितिका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेस देवदह नगर सभापति दुर्गा बहादुर राना, नेकपा एमालेका क्षेत्रीय सचिव प्रकाश अर्याल, एकिकृत माओवादीका केशर पुन, प्रशिक्षकद्धय पिताम्बर खनाल, देवी डुम्रे, पत्रकार गोविन्द घर्ती, भेषकुमारी लामिछाने, पार्वती गुरुङ्ग, गिता खनाल लगायतले आ–आफना भनाई राखेका थिए । शुसिला भट्टराईको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । तत्कालिन देवदह गाविसका विभिन्न वडाका करिव ३२ जना महिलाहरुको सहभागिता रहेको तालिमको पिताम्वर खनाल र देवी डुम्रेले सहजीकरण गरेको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %