प्यारसिङका अग्नीपीडितलाई साढे १४ लाख संकलन

Read Time:3 Minute, 22 Second

मनोज घर्तीमगर
पोखरा, ११ असार । स्याङ्जा मग्याम चिसापानी–१ प्यारसिङ झ्यार्बुङडाँडाका सात परिवारको आगलागीबाट पीडितलाई स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइबाट सहयोग आउने क्रमजारी छ । गत जेठ ५ गते विद्युत सर्ट भई अकस्मात भएको आगलागि पीडितको लागि हालसम्म करिब साढे १४ लाख सड्ढलन भएको छ ।
खैरीकोट, फिलिमसोरा किचनास–६ बाट १२ हजार दुई सय, मगु समाज दुलेगौंडा तनहुंका सूर्यबहादुर थापामगरको विशेष पहलमा समाजमा रहेको दाजुभाइ दिदीबहिनीबाट २३ हजार ५०, चिसापानी–९ ललही, बुम्दी, बगरबाट नौ हजार, मगर समाज शारदानगर भरतपुर चितवनका अध्यक्ष क्या. टेकबहादुर थापाको विशेष पहलमा १२ हजार सात सय ६५ रुपैयाँ सहयोग प्राप्त भएको छ ।
चिसापानी–१ झ्यार्बुङडाँडा घर भइ हाल दुबई बस्ने धनबहादुर थापाबाट १० हजार, चिसापानी–७ दुईकुना घर भई हाल दोहाकतार बस्ने राजु गुरुङबाट १० हजार, चिसापानी–४ गुर्जा घर भई हाल मलेसिया बस्ने अर्जुन थापा सिंजाीबाट पाँच हजार, चिसापानी –१ प्यारसिङ घर भई हाल अफगानिस्तान बस्ने क्या. लोकबहादुर थापाको विशेष पहलमा अफगानिस्तानस्थि अमेरिकी दूतावासमा कार्यरत नेपाली दाजुभाभइबाट चार सय १८ डलर प्राप्त भएको अग्नीपीडित राहत सड्ढलन तथा सहयोग समितिका संयोजक टहलसिंह थापा मगरले जानकारी दिए ।
यस्तै कोरियामा मगर समाज कोरियाका गोकर्ण थापा, झकबहादुर थापा, प्रकाश थापा, पुरन थापा, खुम थापाको विशेष पहलमा एकलाख ३० हजार राहत सड्ढलन भएको छ। यस्तै छिमेकी गाउँ समाज स्याङ्जा हङकङको विशेष पहल तथा छिमेकी गाउँ समाज हङकङको विशेष पहल तथा कतारमा धनञ्जय लम्सालको विशेष पहलमा पनि राहत संकलन भइरहेको समितिले जनाएको छ। स्याङ्जा जनसहयोग समिति हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा)लगायतका पदाधिकारीको विशेष पहलमा संकलित ४६ हजार २० डलर समितिलाई हस्तान्तरण गरिएको छ ।
हालसम्म संकलित रकम समितिको संयुक्त खातामा जम्मा भइसकेको तथा पीडितहरूलाई हाल अस्थायीरूपमा बस्ने व्यवस्था तथा खाद्यान्नको व्यवस्था गरिएको संयोजक थापाले जानकारी दिए।
अग्नीपीडितको सहयोगको लागि समितिका संयोजक टहलसिंह थापामगर तथा मोबाइल नं. ९८५६०–३५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने समितिले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %