‘अर्को ओरालो’ मा समलिङ्गी समस्या

Read Time:3 Minute, 3 Second

मनोज घर्तीमगर

निदाउँदै ब्यूउँझदै गरेको पोखरेली रंगमञ्चमा फेरि सक्रियता देखिएको छ । ‘अर्को ओरालो’ नाटक मञ्चन भएपछि यहाँको रंगकर्म फेरी सक्रिए भएको हो । यूवाहरुको सक्रियतामा बनेको युथ क्रियसन थिएटरले तीन नाटक मञ्चन गर्दा यहाँका कलाप्रेमीले ठूलो साथ दिए । असार ५ देखी सुरु भएको नाटक ७ गतेसम्म सम्म चल्यो । नाटकका लागि उपयुक्त हल नभएकाले पोखरा उद्योेग वाणिज्य संघको हलमा कठिन व्यवस्थापन गरी ‘अर्को ओरालो’ मञ्चन गरिएको थियो ।

पुरु लम्सालले निर्देशन गरेको नाटकमा समलिङ्गी भएर पनि घर परिवारको दबाबमा बिहे गरेको केटा र उसकी पत्नीबीचको द्वन्द्वलाई मुख्य बिषय बनाइएको थियो । नाटक लम्सालले नै लेखेका हुन् । मल्टिमिडिया, पोस्चर, मिरर इफेक्टज, साल्सा डान्स जस्ता नौला प्रयोग नाटकमा गरिएको थियो । ‘नाटकमा समलिङ्गीका मुद्दा नआएकाले यो विÈयलाई उठाएका हौं,’ निर्देशक लम्सालले नाटकको विÈयवस्तु प्रष्ट्याउँदै भने,‘पोखराकै सेरोफेरोका घटनालाई बाहिर ल्याउने मजर्को गरेका हौं ।’
दुई महिना अभ्यास गरे देखाइएको नाटक ‘अर्को ओरालो’ शमिर्ला बस्नेत, , रेम विक , कपिल शर्मा, रोहन नेपाली ‘शिव’ र उमिर्ला कार्कीले अभिनय गरेका थिए । रेमले नेपाली फिल्ममा समेत अभिनय गरिसकेका छन् भने बस्नेतले पनि धेरै क्यामेराअघि आफ्नो अभिनय देखाइसकेकी छन् । नाटकमा गीतसमेत समावेश गरिएको थियो । निर्देशक लम्सालले लेखेको गीत नरजङग गुरुङले गाएका हुन् । नाटक हेर्न दर्शकले एक, दुई र पाँच सय रुपैंयाको टिकट किनेका थिए । ‘दर्शक, नाटकप्रेमी र अग्रजको प्रतिक्रियाले हामी उत्साहित छौं,’ सहनिर्देशक सौगात पोखरेलले भने, ‘सकेसम्म छिटै अर्को नाटक देखाउने प्रयास गर्नेछौ ।’ एक वर्Èअघि गठित युथ क्रियसन थिएटरले पोहोर कृष्ण उदासीको निर्देशनमा ‘अन्तर्राष्ट«िय रक्सी भट्टी’ मञ्चन गरेको थियो । यसअघि थिएटरले नाटककार कृष्ण उदासीकै दुइटा कवितालाई समेत मञ्चन गरेको थियो । कलाकार उत्पादनसंगै व्यावसायिक रंगमञ्चीय क्रियाकलापलाई अगाडि बढाउने योजनाले नाटक मञ्चन गरिएको थिएटरका अध्यक्ष कपिल शर्माले बताए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %