सामुदायीक बन बिनाश

Read Time:3 Minute, 58 Second

गोविन्द घर्ति
देवदह असार १२ । देवदह क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनहरुमा काठ तस्करी कार्य बढेको छ । तस्करहरुले संगठित रुपमा जंगलका हरियो सालका रुख काटेर विभिन्न सःमिलहरुमा लैजाने गरेको पाईएकोले संगठित रुपमा तस्करी कार्य बढेको जिल्ला वन कार्यालय रुपन्देहीले जनाएको छ । झण्डै एक महिना अगाडि मक्रहर तथा देवदह क्षेत्रको सुखौरा हरियाली सामुदायिक वनबाट काचै सालको रुख काटी चिरान गरी वुटवलको देवीनगर स्थित प्रतिक्षा सःमिलमा लुकाई, छिपाई राखेको अवस्थामा ५६ थान चिरानको ८८ क्युफिट काठ जिल्ला वन कार्यालय रुपन्देहीको रोहवरमा वरामद गरीएको थियो ।

उक्त काठ संगै प्रतिक्षा सःमिलका सञ्चालक यमप्रसाद पाण्डेलाई जिल्ला वन कार्यालयले अनुसन्धानका लागि हिरासतमा राखेको छ । त्यसै गरी असार १० गते रातीको समयमा काठ तस्करहरुको समुहले बुद्धनगर सामुदायिक वन देवदहको सेवाक्षेत्र भित्र रहेको खयर डाडामा ३ वटा काचो सालको रुख काटी लुकाई, छिपाई राखेको अवस्थामा सेक्टर वन कार्यालय शितलनगरको रोहवरमा फेला पारिएको छ । करहियाको सेमरा बजारमा रहेको ईमान सःमिलमा १८ थान गोलियाको कूल १ सय २७ क्यू फिट काठ लुकाई राखेको अवस्थामा भेटिएपछि काठ सहित सःमिलका सञ्चालक गुप्तबहादुर सारुलाई पनि पक्राउ गरिएको सेक्टर वन कार्यालय शितलनगरका वन अधिकृत सत्येन्द्र नारायण सिहंले बताएक छन । तस्करहरुले संगठित रुपमा हरियो सालका रुख काट्न थालेपछि अपराधीलाई पहिचान गर्न जिल्ला वन कार्यालयको निर्देशनमा गरिएको अप्रेशन अभियानका क्रममा उक्त काठहरु फेला पारिएको हो । बुद्धनगर सामुदायिक वनक्षेत्रमा काटिएको ३ वटा रुख रातभरीमै ट्रकमा लोड गरी ढुवानी गरेर सःमिल सम्म पु¥याइएको थियो । स्थानीयवासीका अनुसार तस्करहरुले काठ काट्ने दिन असार १० गते राती ५–७ वटा मोटरसाईकल र मारुती भ्यानले गाउंमा निगरानी राख्दै जगलमा काठ काटेको बताएका छन् । ५–७ वर्ष अघिसम्म पनि तस्करहरुको विगविगी रहेको देवदहका वन क्षेत्रमा केही वर्षसम्म वन संरक्षणमा जोड पुगे पनि पुनः पछिल्लो समयमा काठ तस्करी गर्ने कार्य मौलाउदै गएको स्थानीय वासीले बताएका छन् ।

देवदह देखि १३ किलोमिटर दक्षिण सम्म काठ तस्करी गरेर लैजादा समेत सुरक्षा निकाय र सरोकारवालाले थाहा नपाउनु रहस्यको विषय बनेको छ । साना मात्रमा तस्करी गर्नेहरुले नै संगठित रुपमा तस्करी कार्यको थालनी गरेको हुन सक्ने भएकाले सुक्षम रुपमा त्यसको अध्ययन गरेर अपराधीलाई कार्यवाहीको दायरामा ल्याइने जिल्ला वन कार्यालय रुपन्देहीका जिल्ला वन अधिकृत दिपक ज्ञवालीले जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %