गोविन्द घर्ति देवदह
असार १२ । रुपन्देहीको देवदहमा ५ दिने महिला नेतृत्व विकास तालिम शुरु भएको छ । महिला विकास कार्यक्रम देवदह गाउ समन्वय समितिको आयोजना र देवदह नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम शुरु भएको हो । तालिमको उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले संविधान सभामा महिलाहरुको अधिकार स्थापित गर्न सम्पूर्ण महिलाहरु एक जुट भएर अगाडि बढ्नु पर्नेमा जोड दिएका छन् । उनीहरुले राजनैतिक रुपमा सचेत भई राज्यको नीति निर्माण तहमा पुग्न नेतृत्वको आवश्यक रहेको बताएका थिए । महिला विकास कार्यक्रम देवदह गाउ समन्वय समितिका उपाध्यक्ष विद्यालक्ष्मी गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराई, देवदह उपस्वास्थ्य चौकीका ईन्चार्ज जयकिशन अधिकारी, नेपाली काग्रेस देवदह नगर सभापति दुर्गा बहादुर राना, नेकपा एमाले देवदह नगर संयोजक पदम थापा, एकिकृत नेकपा माओवादी देवदह नगर संयोजक कृष्ण ढकाल, नेकपा–माओवादी चिरन पुन, राष्ट्रिय जनमोर्चा देवदह नगर संयोजक पुरुषोत्तम कंडेल, रेडियो देवदहका स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै तालिमका सिकेका सिपलाई व्यवहारमा उर्तान सकेमात्र तालिमको सार्थकता रहने बताएका थिए । तत्कालिन देवदह गाविसको वडा नं १ देखि सम्मका स्थानीय महिलाहरुको सहभागिता रहेको तालिमको पिताम्वर खनाल र देवी डुम्रेले सहजीकरण गर्नु भएको छ । टिका गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
महिला बिकास तालिन शुरू
Read Time:2 Minute, 16 Second