संविधानसभा भित्र शासकीय स्वरुप सम्बन्धी छलफल सम्पन्न

Read Time:2 Minute, 14 Second

सिद्घार्थ हिम्डुङ्ग

काठमाडौँ, २०७१ आषाढ ०९ गते – संविधानसभा भित्र न्यायप्रणली, मौलिक हक, शासकीय स्वरुप सम्बन्धी विषयहरुको सहमती र असहमती माथिको एकिकृत छलफल सम्पन्न भएको छ ।

आजदेखि व्यवस्थापिकीय अंगको स्वोरुप निर्धारण समितिले प्रस्तुत गरेको सहमति र असहमतिको विषयमाथि एकिकृत छलफल सुरु भएको छ । उक्त छलफलमा सहभागि हुँदै राष्ट्रिय जनमुक्ति पार्टीका उपाध्यक्ष तथा संवधानसभाका सदस्य मा० शिवलाल थापामगरले— प्रतिनिधिसभा र राष्ट्रियसभा नामको दुई सदनात्मक व्यवस्था हुनुपर्ने, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने, प्रतिनिधिसभाको सदस्य संख्या प्रदेशको आधारमा हुनुपर्ने राष्ट्रियसभामा जातीय जनसंख्यको आधारमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने कुरा प्रस्तुत गरे ।

त्यसरीनै उनले— एक व्यक्ति दुई क्षेत्रबाट उम्मेदवार हुने व्यवस्थालाई अन्त्य गर्नुपर्ने र सभामुख एवं उपसभामुख एउटै जातिको र एउटै दलको हुन नहुने साथै एकजना महिला अनिवार्य हुनुपर्ने र आलोपालोको सिद्घान्तलाई कार्यान्वयन गर्नुपर्ने कुरा बताए । त्यसरी नै सभासद थापाले— प्रदेशहरु आत्मनिर्णयको अधिकार र अग्राधिकार सहितको हुनुपर्ने कुरामा पनि जोड दिए  । संवैधानिक व्यवस्था अनुसार बन्ने समिति वा आयोगहरुमा पदाधिकारी तथा सदस्यहरु नियुक्ती वा मनोनयन गर्दा समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्घान्तलाई ध्यान दिनुपर्ने कुरापनि प्रस्तुत गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %