उपनिर्वाचनमा संयुक्त मोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन

Read Time:5 Minute, 6 Second

कमल चौधरी 
चितवन – राष्ट्रिय जनमुक्ति पार्टी चितवन क्षेत्र नं. ४ को उपनिर्वाचनमा आठ दलको संयुक्त मोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गर्नेभएको छ । राष्ट्रिय जनमुक्ति पार्टीको उपनिर्वाचन अषाढ ८ गते हुन लगेकोमा प्रमुख अतिथि पार्टी अध्यक्ष एवं पुर्व मन्त्री एम.एस थापाले आईतबार चितवनमा भएको अन्तरकृया कार्यक्रममा बोल्दै आठ दलको संयुक्त मोर्चाले राष्ट्रिय जनमुक्ति पार्टीलाई समर्थन गरेको बताए ।
अध्यक्ष थापाले अब उपनिर्वाचनको लागि क्षेत्र, नगर वडा र टोल टोल सम्म निर्वाचन समिति गठन गर्न निर्देशन दिएका छन् । घर दैलो कार्यक्रममा अब बँकी दिनहरुमा सक्रिया रुपमा लाग्नु पर्ने बताए । जसका परिचालनका लागि जिल्ला अध्यक्ष टेक बहादुर थापाको संयोजकत्वमा ३ जना मूल निर्वाचन समिति गठन गरिएको छ ।
विशेष अतिथि पार्टीका उपाध्यक्ष एवं सभासद् शिवलाल थापाले वर्तमान अवस्थामा संविधानको मसौदा बनिरहेको र राज्यको संरचना र राजकिय स्वरुप कस्तो प्रकारको हुने भन्ने विषयमा आजैबाट संविधान सभामा बहस हुने बताए । उनले अब बन्ने संविधानमा यहाँका शोसन उत्पीडनमा परेका जातजाति र समुदायको पक्षमा संविधान आउँला भन्नेमा शंका रहेको बताउदै यदी आफूहरुको पक्षमा संविधान निर्माण नभए त्यसका लागि सदन र सडक आन्दोलन गर्ने चेतवानी दिए । उनले निर्वाचनको गलत प्रक्रियाले गर्दा नेपाली जनताले पटकपटक दुख पाइरहेको भन्दै एकजना उम्मेदवार २ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएर विजय भयपछि एउटा निर्वाचन क्षेत्रलाइ परित्याग गर्ने प्रक्रियाले एकातिर मुलुकको ढुकुटी रित्तिने र अर्कोतिर पटकपटक नेपाली जनताले दुःख पाउने गरेको बताए । उनले जबसम्म गलत प्रक्रियालाई विस्थापित गर्न सकिदैन तबसम्म मूलुकले दुख पाइनै रहन्छ भन्दै २०७० मंसिर ४ गते भएको संविधानसभाको निर्वाचनमा चितवन क्षेत्र नं. ४ बाट विजय भई हाल सो पद त्याग्ने व्यक्तिलाई यो क्षेत्रका जनताले ढ्याङग्रो ठटाएर भूतलाई भगाएझैं कालो मोसो र जुत्ताको माला लगाई लखेट्नुपर्ने समय आएको कुरा बताए ।
त्यसरी नै उहांले पार्टीका उम्मेदवार जगदेवि गुरङ्गलाई ‘घर’ चिन्हमा आफ्नो अमुल्य मत दिई विजय गराईदिनु हुन सबैसग आग्रह गरे । त्यस्तै राष्ट्रिय भूतपूर्व सैनिक संगठनका केन्द्रीय अध्यक्ष क्या. भिम बहादुर रानाले अहिले सम्म नेपालमा देखिन आएका करिव तेह्र हजार भूतपूर्व सैनिकको नाम, थर र जन्म मिति नमिलेको हुँदा पेन्सेन लिनबाट बञ्चित हुन परेको र यसको लागि राष्ट्रिय भूतपूर्व सैनिक संगठनले भएका केशहरु मिलाउन पहल गरिरहेको जानकारी दिए । सबै राष्ट्रिय भूपू सैनिक संगठनका दश बुँदे सुझाव प्रति पार्टी अध्यक्ष र सभासद्लाई जोडदार रुपले संविधानमा उठाउन आग्रह गरे ।
उक्त अन्तरक्रिया कार्यक्रममा सभासद् सिमा वि.क, संघीय परिषद् सदस्य पदम बहादुर गुरुङ्ग, रुद्र बहादुर गुरुङ्ग, प्रेम पोख्रेल, संघीय परिषद् बैकल्पिक सदसय ज्ञान बहादुर गुरुङ्ग र चितवन क्षेत्र नं. ४ का उम्मेदवार जडदेवी गुरुङ्गको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला चितवनका अध्यक्ष टेक बहादुर थापाको अध्यक्षता रहेको थियो भने पार्टी जिल्ला उपाध्यक्ष तुलाराम गुरुङ्गको स्वागत मन्तव्य र पार्टी सचिव प्रेम कुमारी आलेको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %