भैरब आङ्ला, धरान
मञ्च सम्वद्ध संघिय लिम्वूवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देनले राज्य र लिम्वूवान विच भएको सहमति अनुसार ऐतिहासिक पृष्ठभुमिको आधारमा अरुण पुर्व नौ जिल्लालाई लिम्वूवान स्वायत्त राज्य घोषणा भएन भने लिम्वूवानी जनताको आन्दोलन आधिवेहरी जस्तै अघि वढने चेतावनी दिए ।
शनिवार सुनसरीको ईटहरी देखि धरान सम्मको रोड मार्चपास कार्यक्रमको समापन समारोहमा सुनसरीको धरानमा आयोजना गरिएको कोण सभालाई सम्वोधन गर्दे लिङ्देनले लिम्वूवानले विगत देखि गरिरहेको रोड मार्चपास लिम्वूवानी आन्दोलनको शसक्त र शान्तिपुर्ण आन्दोलन भएकोले यसले भोलि लिम्वूवानी जनताको मुद्दालाई सिंहदरवारले सम्वोधन नगरे लिम्वूवानी भुमिमा आन्दोलनको आधिवेहरी आउने चेतवनी दिए । पुर्वका अरुण पुर्व नौ जिल्लाका लिम्वूवान कार्यकर्ताहरुको सहभागिता रहेको सो रोड मार्चपासको समापन समारोहको कोणसभालाई सम्वोधन गर्दे नेता लिङ्देनले ऐतिहासिक पुष्ठभुमिको आधारमा पहिचान सहितको संघियता लिम्वूवानी जनताको आवश्यक्ता हो भने । अव लिम्वूवानी जनताले आफुले तिरेको करले सिंहदरवार चल्नु नहुने र लिम्वूवान भुमिमै लिम्वूवानीको करको खर्च हुनुपर्ने वताउदै लिङ्देनले एमाले, कांग्रेस र माओवादी लगायतका दलहरुले लिम्वूवानी भावनाको कदर गरेनन् भने भोलि लिम्वूवानी जनताले उनीहरुलाई पनि नछाडने वताए । यसैगरी सो कोणसभामा अर्का नेता खगेन्द्र माखिमले लिम्वूवानी भावनाको अरु दलहरुले पनि कदर गर्नुपर्ने वताए । लिम्वूवानका मुख्य नेताहरु समेत सो रोड मार्चपासमा सहभागि देखिन्थे ।

