माधब नेपालका सम्धीले जिते जिल्ला अध्यक्ष हारे
देब पचभैया
पाल्पा, असार ८ – आगामी असार १९ देखि २४ गते काठमाण्डौमा सम्पन्न हुन लागेको नेकपा एमालेको नवौ महाधिबेशनको लागी पाल्पाबाट प्रतिनिधि चयन भएका छन् ।
२५ जना निर्बाचन र १ जना सर्बसम्मत रुपमा चुनिएका प्रतिनिधि मध्ये नेपाल पक्षले १६ जना आफ्नो र १० जना वली पक्षको भनेको छ भने वलि पक्षले १४ जना नेपाल पक्षको र १२ जना वली पक्षको भएको दाबी गरेको छ ।
शनिबार अवेर भएको निर्बाचनमा पाल्पा क्षेत्र नम्बर २ मा भने ७ जनै प्रतिनिध माधब नेपाल पक्षले जितेका छन् ।
माधब नेपालका सम्धी एबं क्षेत्र नम्बर २ का सभासद सोम प्रसाद पाण्डे सहित नुर राज बस्याल, कालीदास श्रेष्ठ, मोहन थापा, खिमानन्द पाण्डे, महिला तर्फ ज्ञानु आत्रेय र उर्मिला शर्मा बिजयी भएका हुन् ।
निर्बाचनमा सोम प्रसाद पाण्डेले ७ सय ३६, नुरराज बस्यालले ६ सय २८, काली दास श्रेष्ठले ५ सय ५६, मोहन थापाले ५ सय ५५, खिमानन्द पाण्डेले ४ सय ७३, ज्ञानु आत्रेयले ५ सय ७६ र उर्मिला शर्माले ५ सय ६३ मत ल्याएर बिजयी भएका छन् ।
क्षेत्र नम्बर २ मा केपी वली पक्षबाट निर्बाचन उत्रिएर पराजित भएका एमाले पाल्पाका कार्यबाहक अध्यक्ष देबी बस्यालले ३ सय ९१, झपेन्द्र जिसिले २ सय ७३, एक प्रसाद भण्डारी १ सय ९०, बिमल काफ्ले ९५,टिका बहादुर थापा २ सय ३९, लक्ष्मी पाठक २ सय ८२ र रुक्मिणी देबकोटाले २ सय ५३ मत प्राप्त गरेका थिए ।
क्षेत्र नम्बर ३ मा भने माधब नेपालका २ जना र ६ जना केपी वली पक्षले जितेका छन् । बिजेताहरुमा पुर्ब सभासद कुल प्रसाद नेपाल, यादब बहादुर रायमाझी,ओम बहादुर घर्ती, कृण्ण थापा,नारायण जिसि,दुर्गा खनाल, नारायणी शर्मा र इन्द्र गहतराज रहेका छन् ।
बिजयी मध्ये पुर्ब सभासद यादब बहादुर रायमाझी र कृण्ण थापा माधब नेपाल पक्षको मानिन्छन् भने पुर्ब सभासद नारायणी शर्मा, ईन्द गहतराज वली पक्षको बताईएको छ ।
क्षेत्र नम्बर १ मा नारायण आर्चाय, राजु श्रेष्ठ, राधाकृण्ण कडेल, युवराज खनाल, टंक खनाल, देबी लाल लामीछाने, महिला तर्फ राजेन्द्र लक्ष्मी गैरे, लालु माया पोखे्रल बिजयी भएका छन् ।
दलित तर्फ मृक्तिराम कालीराज र योगेन्द्र गैरे बिजयी भएका छन् । मजदुर तर्फ चन्द्र कान्त न्यौपाने सर्बसम्मत भएका हुन् ।
बिजयी प्रतिनिधि मध्ये क्षेत्र नम्बर ३ का सभासद समेत रहनुभएका राधाकृण्ण कडेल र नारायण आर्चाय केपी पक्षका हुन् भने राजेन्द्र लक्ष्मी गैरे माधब नेपाल पक्षका हुन् । अरु प्रतिनिध नखुलेकाले दुबैपक्षले आफ्नो भएको दाबी गरेका छन् ।
