मनोज घर्तीमगर
पोखरा, ६ असार – स्याङ्जा मग्याम चिसापानी–१ प्यारसिङ झ्यार्बुङडाँडाका सात घरपरिवारको लागि विभिन्न मुलुकबाट सहयोग आउने क्रम जारी रहेको छ ।
गत जेठ ५ गते विद्युत सर्ट भई अकस्मात भएको आगलागीबाट पीडितलाई नेपाल मगर संघ दक्षिण कोरियाको पहलमा संकलन भएको १ लाख ४५ हजार रुपैंया सहयोग पठाइएको छ । नेपाल मगर संघ दक्षिण कोरियाका भूपू अध्यक्ष झकबहादुर थापा, सदस्यहरु गोकर्ण थापा, प्रकाश थापा, पुरन थापाको विशेष पहलमा संकलन भएको उक्त रकम पोखरा पठाइएको हो ।
नेपाल मगर संघ दक्षिण कोरियाका संस्थापक अध्यक्ष एवं व्यवसाथी छ्याम थापामगरले विहीबार उक्त रकम अग्नी पीडित राहत संकलन सहयोग समितिका संयोजक, राष्ट्रिय भविबल खेलाडी तथा रेफ्री टहलसिंह थापामगरलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरण गर्दै अध्यक्ष थापामगरले कोरिया शाखाले गरेको मानवीय कामको प्रशंसा गरे ।
यस्तै साउदी अरब, अफगानिस्तान, जापान, हङकङमा रहेका नेपालीहरूबाट सहयोग उठ्ने क्रम जारी छ । हालसम्म स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइबाट करिब १२ लाख बराबरको राहत सहयोग प्राप्त भएको सहयोग समितिका संयोजक टहलसिंह थापामगरले जानकारी दिए ।
यस्तै चिसापानी–१ प्यारसिङ घर भइ हाल साउदी अरब बस्ने विष्णु थापाको विशेष पहलमा उनीलगायत अनाविव कम्पनीमा कार्यरत नेपाली दाजुभाइबाट एक लाख ३० हजार पाँच सय, चिसापानी–४ जामुने घर भई हाल साउदी अरब बस्ने रुद्र सारुमगरको विशेष पहलमा नेपाली दाजुभाइबाट २४ हजार पाँच सय ७५, चिसापानी–१ प्यारसिङ घर भई हाल साउदीमा कार्यरत जसबहादुर थापा र चिसापानी–४ देउराली घर भई हाल साउदी अरबमा कार्यरत बलु थापाको विशेष पहलमा अल खलेडिया पिवार्कमा कार्यरत नेपाली दाजुभाइबाट ५३ हजार संकललन भएको छ ।
चिसापानी–८ राहाले भर भई हाल साउदी अरब बस्ने नवीन पराजुलीको विशेष पहलमा १४ हजार पाँच सय १०, चिसापानी–५ पुछौंदी घर भई हाल जापान बस्ने मित्रलाल सिग्देलको विशेष पहलमा ३५ हजार आठ सय १७, चिसापानी–३ प्यारसिङ घर भई हाल दोहा कतारमा कार्यरत जीवन थापाको विशेष पहलमा १३ हजार एक सय ७२, स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा), प्रवक्ता मुककाजी गुरुङ, रबिन्द्र थापा, गोपी राना, भोजेन्द्र गुरुङको विशेष पहलमा ४५ हजार हङकङ डलर सड्ढलन भएको र चौथो चरणको राहत सकंलन भइरहेको अग्नीपीडित राहत सड्ढलन भइरहेको स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल गुरुङ (स्याङ्जाली कान्छा), बताए ।
यस्तै अफगानिस्तानमा चिसापानी–१ प्यारसिङका क्या. लोकबहादुर थापा,छिमेकी गाउँ समाज स्याङ्जा हङकङको विशेष पहलमा २० हजार डलर सड्ढलन भएको छ । चिसापानी–१ प्यारसिङ भर भई हाल साउदी अरब बस्ने धनबहादुर थापाको तर्फबाट १० हजार, चिसापानी–९ दुईकुना घर भई हाल दोहा कतारमा कार्यरत राजु गुरुङबाट १० हजार रुपैयाँ सड्ढलन भएको समितिले जनाएको छ।पीडितहरूलाई हाल अस्थायीरूपमा बस्ने व्यवस्था तथा खाद्यान्नको व्यवस्था गरिएको थापाले जानकारी दिए।
अग्नीपीडितको सहयोगको लागि समितिका संयोजक टहलसिंह थापामगर तथा मोबाइल नं. ९८५६०–३५०६४ मा सम्पर्क गरी सहयोग गर्न सकिने समितिले जनाएको छ ।
अग्नीपीडितलाई कोरियाबाट सहयोग
Read Time:4 Minute, 46 Second
