गोबिन्द घर्ती
बुटवल , जेठ ३० – भविष्य निर्माण उच्च मावि देवदह–२, ढेकावरमा दल बहादुर विरकट्टा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित भएका छन् ।
दल बहादुर विरकट्टाले रामचन्द्र पौडेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको हो । दल बहादुर विरकट्टाले १ सय ४४ र उहाका प्रतिद्धन्दी रामचन्द्र पौडेलले ९७ मत प्राप्त गरेको विद्यालयले जनाएको छ । त्यसैगरी महिला सदस्यमा गिता भण्डारी निर्वाचित भएका छन् । गिता भण्डारीले १ सय ३३ र उहाका प्रतिद्धन्दी कविता खरेल पाण्डेले ८५ मत प्राप्त गरे ।
अन्य खुल्ला सदस्यहरुमा टिका भूर्तेल र थानबहादुर चर्तिमगर निवाचित भएका छन् । टिका भूर्तेलले १ सय २ मत, थान बहादुर चर्तिमगरले १ सय ११ मत, चन्द्रकान्त सापकोटाले १५ मत, वालकिशुन पासीले ९२ मत र चुरामणि भारतीले १ सय ४ मत प्राप्त गरेको निर्वाचन मण्डलले जनाएको छ ।
