गोबिन्द घर्ती
बुटवल , जेठ ३० – रुपन्देहीको देवदह नगरपालिका वडा नं ७, सरनटाडीमा सामुदायिक झोलुङे पुलको एक कार्यक्रमका वीच उद्घाटन गरिएको छ ।
स्थानीय बयोबृद्ध दल बहादुर सिंजालीले करिव १ सय २० मिटर झोलुङे पुलको एक कार्यक्रमका वीच उद्घाटन गरे । जिल्ला विकास समिति रुपन्देही, देवदह नगरपालिका, स्थानीयवासीको श्रमदानको करीव ३१ ३२ लाख रुपैयामा उक्त झोलुङ पुल निर्माण भएको पुल निर्माण समितिले जनाएको छ ।
पुल निर्माण भएपछि बर्षायाममा स्थानीय विद्यार्थीहरु विद्यालय जान सजिलो हुने स्थानीयवासीको भनाई रहेको छ । अर्गानिक खेतीको रुपमा परिचित सरनटाडीमा उत्पादन हुने अर्गाईनिक तरकारीहरु देवदह खैरेनी, बुटवल लगायतका स्थानमा लैजान समेत सजिलो भएको झोलुङे पुल निर्माण समितिका सचिव खिल बहादुर गाहाले बताए । बर्षा याममा दुवै बाटो खोलाका कारण आवतजावतमा समेत समस्या पर्ने गरेको र झोलुङे पुल नर्माण पछि उक्त समस्या समाधान भएको झोलुङे पुल निर्माण समितिका अध्यक्ष खड्क बहादुर सिंजालीले बताए ।
झोलुङे पुल निर्माण पछि स्थानीय करिव सय घरधुरी लाभिन्वित हुने समितिका अध्यक्ष सिंजालीले बताएका हुन् ।
