देब पचभैया
काठमाडौं, ३० जेठ – एकवर्ष अघि ज्यान गुमाएकी शुसला लामाको ज्यान जानुमा को दोषी भन्ने सत्यतथ्य सार्बजनिक नहुँदा उनको परिवारले पीडा भोगिरहेको छ ।
पटक–पटक छोरीको हत्या भएको भन्दै वकिल प्रहरी र प्रशासन धाउदासमेत कसैले वास्ता नगरेपछि नुवाकोट बालकोट ६ बस्ने शुसिलाका बुवा पञ्चबीर लामा र साईली लामा भोलीदेखि भोक हडताल गर्दैछन् । एक्लो छोरीको हत्या भएको भन्दै हत्यामा संलग्नलाई कारबाही गर्न माग उनीहरुले भोक हड्ताल गर्न लागेका हुन् ।
२०६५ सालमा नुवाकोटबाट काठमाडौं कोटेश्वर ३५ निवासी स्मृति श्रेष्ठ तथा विजयमान श्रेष्ठको घरमा सुत्केरी स्याहार्न भनी बारम्बार बोलाइएपछि आएकी लामाको २०६९ माघ १० गते षडन्त्रमूलक ढंगबाट हत्या गरी सलमा पासो लागेको बनाई, पेटमा गर्भ रहेको भन्दै, अनेकन बहाना बनाएर हत्या गरीएको सुशीलाका बुवा र आमाको भनाइ छ ।
पोष्टमार्टम रिपोर्ट समेत झूटा बनाएको उनीहरुको आरोप छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले सुशीलाको वास्तविक घटना सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा घटनाको निष्पक्ष छानविन तथा दोषीलाई काबार्हीको माग गरीएको छ । ‘मेरो एक्लो छोरीको हत्या भयो विषयमा न्यायका लागि हरेक ढोका ढकढकाए तर कतै सुनुवाइ भएन ।’ उनले भनीन् अव न्याय पाउन भोक हड्ताल बस्छौ । उनीहरुले आफुहरुलाई न्याय दिलाउन सबैसंग आग्रह समेत गरेका छन् ।
ज्या गुमाएकी छोरी सुशीला स्नातक तहमा अध्ययन गर्दै थिईन् ।
