सिद्धार्थ कटेजमा सामुदायिक प्रर्दशनी कार्यक्रम

Read Time:3 Minute, 56 Second

दिल थापा

बुटवल नगर पालिकामा रहेको ग्रामीण क्षेत्रको समग्र विकासको लागि सुशासन परियोजनाको आयोजनामा नेपालमै पहिलो पटक बुधबार बुटवल स्थित सिद्धार्थ कटेजमा सामुदायिक कार्ययोजना प्रर्दशनी कार्यक्रम –२०७१ भव्यताको साथ सम्पन्न भएको छ ।

कार्यक्रममा बुटवल नगरपालिका भित्र पर्ने ग्रामिण क्षेत्रका २१ टोलहरुले आ–आफ्नो टोलमा पर्ने विभिन्न समस्या तथा उपायहरु र विकासको लागि विभिन्न योजना बनाएर चार्ट बोर्डमा प्रर्दशन गरेका थिए । प्रद्रशनी कार्यक्रममा सहभागिता भएका बुटवल १४ सिस्नेप्लेट टोल का अध्यक्ष घुमा वि.क अनुसार आफ्नो टोलमा प्रमुख समस्या भनेको खानेपानी रहेको बताए । सो टोलले  खानेपानी, पक्कीबाटो निमार्ण , बस्ती नजिकै रहेको गुहे खोलामा टतबन्धन जस्ता कार्ययोजना बनाउन पर्ने प्रर्दशनीमा प्रस्तृत गरेका थिए । यस्तै २१ टोलहरुले पनि खानेपानी, बाटो निर्माण, सरसफाई , सीपविकास, नितृत्व विकास तालिम जस्ता योजनाहरु प्रस्तृत गरेका थिए । सबै जसो टोल आ–आफ्नो योजना प्रर्दशन गर्नमा व्यस्त देखिन्थे । उक्त प्रर्दशनमा प्रत्यक टोलले उपस्थित विभिन्न निकायमा कार्यरत अतिथीहरुबाट आफुले गर्न तथा कार्यन्वयन गराउन सक्ने योजना प्रतिबद्ध गराई हस्ताक्षर गराउनमा व्यस्थ देखिन्थे । 

बुटवल नगरपालिका का प्रमुख एवम कार्यकारी अधिकृत बाबुराम गौतमको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी रुपन्देही जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी रहेका थिए । कार्यक्रममा प्रमुख अतिथी, विषेश अतिथी जिल्ला विकास समितीका प्रतिनिधी गजेन्द्र नाथ शर्मा, प्राक्टीकल एक्शनमा कार्यक्रम प्रमुख डा. शिरिष सिंह, डेभलोपमेन्ट कोर्परेशनका हेड एन्ड्रीस रोएटी, लुमन्तीका कार्यकारी निर्देशक लजना मानन्धर, वस्ती विकास संजालका संयोजक दिनेश घिमिरे , बुटवल नगर पालिका बस्ती विकास संजालका सचिव जुद्ध बहादुर वि.क., आमा मिलन केन्द्रका अध्यक्ष गंगा घिमिरे लगायत अन्य अतिथीले मन्तव्य राख्दै प्रदर्शनीको महत्व र सुशासन परियोजना संग साझेदारीमा कार्यगर्दाको अनुभव तथा विभिन्न निकायबाट गर्न सकिने योगदानको  बारेमा प्रकाश पारेका थिए ।  वक्ताहरुले शहरी गरिवीको समस्यालाइ समाधान गर्न लुमन्तीको कार्यक्रमले सकारात्मक भुमीका खेलेको बताए । कार्यक्रममा सुशासन परियोजना बारे प्रस्तुतीकरण प्राक्टीकल एक्सन नेपालका मनोज झाले गरेका थिए ।

लुमन्तीका कार्यक्रम व्यवस्थापक महेन्द्र शाक्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा कार्यक्रम उदघोषण गोपाल अधिकारीले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %