पुर्वमा भएका सवारी दुर्घटनामा तीनको ज्यान गयो १७ घाईते

Read Time:3 Minute, 27 Second

भैरब आङ्ला, धरान

पुर्वमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने करिव १७ जना घाईते भएका छन् ।

सुनसरीको ईटहरी चौकमा केहीवेर अघि भएको सडक दुर्घटनामा एक जना साईकल यात्रीको घटनास्थलमै ज्यान गएको छ । लु १ ख ३८७३ नम्वरको यात्रुवाहक वसले दक्षिणवाट पुर्व तर्फ मोडिने क्रममा एक जना साईकल यात्रीलाई ठक्कर दिदा साईकल यात्रीको घटनास्थलमै ज्यान गएको छ । ज्यान गुमाएका साईकल यात्रीको सनाखत भएको छैन ।

यसैगरी पूर्व पश्चिम सडकखण्ड अन्तर्गत झापाको लखनपुर–१ स्थित पाडाँजुगीमा आज भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भनें १७ जना घाइते भएका छन् । दुर्घटनामा झापा गौरादह –२ का ३३ वर्षीय लक्ष्मीप्रसाद संग्रौलाको घटना स्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पश्चिमवाट पूर्वतर्फ जादैगरेको मे. ५ प. १६२५ नम्वरको मोटरसाइकललाई विपरित दिशावाट आइरहेको मे १ त. १४१६ नम्वरको ट्याक्टरले ठक्कर दिएर भएको दुर्घट्नामा मोटरसाइकलमा सवार संग्रौलाको घट्ना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा सोही मोटरसाइकलमा रहनु भएका गौरादह २ का  कुलदास शिवाकोटी समेत सख्त घाइते हुनु भएको इलाका प्रहरीले जनाएको छ । सोही समयमा सवार वस  अनियन्त्रीत भई पल्टिदा बसमा सवार १६ जना घाइते हुन पुगेका छन् ।

घाइते हुनेहरुमा मोरङ बेलबारी–१ का दिनेश धिमाल, बेलबारी २ की सम्झना पौडेल, मिलन तामाङ दमक–१० का सभेस कटुवाल, भेषराज अधिकारी, जानुका श्रेष्ठ, चन्द्रकुमार श्रेष्ठ, झापा बेलडाँगी शिविरकी भूटानी शरणार्थी बिष्णुमाया बिष्ट , राजगढ–७ का आसाजित पौडेल, बिराटनगर–७ का भक्त बयलकोटी, बुधबारे–८ का पुजन कार्की, भद्रपुर–४ का अजय पौडेल, बिनोद ओझा घाइते हुनु भएको छ ।

 घाइतेहरुको विराटनगरस्थित न्यूरो अस्पताल , धरान स्थित  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

यस्तै सप्तरीको कंचनपुरमा भएको सवारी दुर्घटनामा एक पैदल यात्रीको ज्यान गएको छ ।

पश्चिमबाट पुर्ब आउँदै गरेको को १ ज १८ ३१ नम्वरको भाडाको जीपले स्थानिय ५० बर्षीय  अजमइना देबी शाहलाइ ठक्कर दिदा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । सवारी साधन र चालकलाइ इलाका प्रहरी कार्यलय मिर्चैयाले नियन्त्रणमा लिएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %