छोराद्धारा वावुको हत्या

Read Time:1 Minute, 41 Second

भैरब आङ्ला, धरान

सोलुको बेनी –२ बस्ने  १८ बर्षिय गोबिन्द बिश्वकर्माले ४२ बर्षिय बुवा धनबहादुर विश्वकर्माको हत्या गरेका हुन् ।  बाबुछोराबीच मादकपदार्थ सेवन गरी विवाद हुँदा  छोराले बुवालाई दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै ज्यान गएको पुर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । घटनास्थलमा प्रहरी चौकी बेनीबाट प्रहरी टोली खटिई अभियुक्त गोबिन्दलाई पक्राउ गरि थप  अनुसन्धान समेत गरिरहेको  छ ।

यसैबीच, झापामा आफ्नै नवजात शिशुको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  नवजात शिशु छोरी जन्माएर  घर नजिक खाल्डोमा गाडेर हत्या गरेको आरोपमा  झापाको शान्तीनगर –४ बस्ने अबिवाहिता २४ बर्षिया  छविमाया सार्कीलाई हिजो साँझ प्रहरीले पक्राउ गरेको हो ।  

ती महिलासँग इलाका प्रहरी कार्यालय बुधबारेको  प्रहरी टोलीले  थप  अनुसन्धान गरिरहेको छ । यसैबीच धनकुटाको लेगुवा –४ स्थित अरुण नदीको किनारमा नामथर ठेगाना  नखुलेको अन्दाजी ४५ बर्षिया मंगोलियन अनुहार भएकी महिला मृत फेला परेको प्रहरीले जनाएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %