देब पचभैया
पाल्पा, जेठ २३ – विधार्थी कुटपिट गरेको आरोपमा प्रकाउ परेका खानीगाउँ मावी खानीगाउ पाल्पाका शिक्षक राम प्रसाद गैरे र सरस्वती उच्च मावी सुन्दरगाउँ तानसेनका प्राचार्य शंकर पौडेले लाई प्रहरीले सोधपुछ गरी छाडिदिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाले शिक्षक गैरे लाई पुन आईतवार जिप्रकामा हाजीर हुने गरी तारेखमा छाडिदिएको छ भने अर्का शिक्षक पौडेललाई मिलापको लागी प्रभास प्रहरी चौकीमा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रभास चौकीमा शुक्रबार भएको छलफलमा प्राचार्य पौडेलेले उपचार खर्च सहित केही क्षतिपुर्ति दिने प्रस्ताव राखेपनि, पिडित पक्षले नमाने पछी भोली पुन वार्ता हुने गरी टुङ्गिएको छ ।
यता जिल्ला प्रहरी कार्यालयले पडित पक्षले दिएको ठाडो निवेदनको आधारमा प्रहरीले आफ्नो किसिमबाट घटनाको अनुसन्धान गरेपनी कानुनी प्रकृया अनुसार जाहेरी नदिएकोले पिडक पक्ष लाई लामो समय सम्म हिरासतमा राख्न नमिल्ने बताएको छ । पिडित पक्षले ठाडो उजुरी मात्र दिएका छन् प्रहरी नायब उपरिक्षक श्रेष्ठले भने कानुनी प्रकृयाको लागी किटानी सहित जाहेरी दिनुपर्छ ।
शिक्षकको कुटाई बाट घाईते भएका दुवै बालक दिलिप विकको लुम्विनी मेडिकल कलेजमा उपचार भईरहेको छ । अर्का घाईते विधार्थी प्रकास सुनार शुक्रवार दिउसो डिसचार्ज भएको मिडिकल कलेज प्रभासले जनाएको छ ।
गएको बुधबार होमवर्क नगरेको भन्दै खानीगाउ माबिका कक्षा ५ का बिधार्थी दिलिप बिक र सर्टको टाक नलगाएको भन्दै सरस्वती माबिका प्रकाश सुनार शिक्षक बाट कुटिएका थिए ।
जिल्ला बालअधिकार अधिकृत हरी बहादुर सारुले बालअधिकारको हनन् हुने गरी राजनैतिक दबाब हुन नहुने भन्दै घटनाको निश्पक्ष छानबिन र दोशीलाई कारबाही गर्न माग गर्नुभएको छ ।
